नेपालमा एकैदिन ३३४ जनामा संक्रमण, संक्रमीतको संख्या २,६३४ पुग्यो

काठमाडौं,जेठ,२२-नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहीबार थप एकजनाको […]

‘सामाजिक दूरी कायम गरेर उद्योग र पसल खोल्छौँ’

काठमाडौँ,जेठ,२२-नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा समस्या परेको भन्दै आजदेखि दैशैभरका उद्योग तथा पसल खोल्ने निर्णय गरेको हो ।महासङ्घका अध्यक्ष नरेश कटुवालले मुलुकमा […]

लकडाउन उल्लंघन गर्ने व्यवसायीहरुको चेतावनीपछि मन्त्रिपरिषद बैठक आज बस्दै

काठमाडौं,जेष्ठ,२२ –मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने बताइएको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको […]

आइसोलेसन वार्डमा शैया अभाव भएपछि अस्पतालले कोरोना संक्रमितलाई फिर्ता पठायो

कैलाली,जेष्ठ,२१-आइसोलेसन वार्डमा शैया अभाव भएपछि सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाएको छ ।२४ शैयाको आइसोलेसन वार्ड बिरामीले भरिभराउ भएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले पाँच जना कोरोना संक्रमितलाई फिर्ता पठाएको हो । जिल्लाको गौरीगंगा नगरपालिकाको कालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ […]

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

काठमाडौं,जेठ,२०-नेपालमा मंगलबार थप २८८ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ जना कोरोना संक्रमित थपिएको जनाएका छन् । मंगलबार थपिएका २८८ जनासहित नेपालमा कोरोना संक्रमित संख्या २ हजार ९९ जना पुगेका छन् । ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । क्‍वारेन्टाइनमा रहेका धेरै मानिसहरु भारतबाट आएइ रहेका […]

कर्णालीमा थप २९ जनामा संक्रमण, संक्रमितको संख्या २६२ पुग्यो

सुर्खेत, जेठ,२०-कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९ र ९ जना रहेका छन् […]

नेपालमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८ सय नाघ्यो

काठमाडौं,जेठ,१९-नेपालमा सोमबार साँझ फेरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै […]

नेपालमा संक्रमितको संख्या १ हजार ७९८ पुग्यो, एकैदिन २२६ जनामा संक्रमण

काठमाडौं,जेठ,१९-नेपालमा सोमबार थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै ५९ जिल्लाका १ हजार ७ सय ९८ जनामा संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तु दैलेख र सर्लाहीमा बढी संक्रमित भेटिएको जानकारी दिनुभयो । दैलेखमा ४१, कपिलवस्त ४०, सर्लाही ३८, रौतहट […]

नेपालमा एकै दिन १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ सय ६७ पुग्यो

काठमाडौं,जेठ,१८-आइतबार एकै दिन १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो । रौतहटमा २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोट र दैलेखका १८र१८, सप्तरी राजगढका १२ जना, सर्लाहीका १० जना, बाँकेका ८ जना, पर्सा र कपिलवस्तुका ५र५ […]

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरियो

काठमाडौं,जेठ,१८-संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश गरिएको छ ।आइतबारको बसेको संसद बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पारित भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेनन् […]