काठमाडौं,असार,१६-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोके अनुसारको पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताउनुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आइतबार आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रियामा उहाँले जोसुकै श्रमजीवीले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने सम्बन्धित व्यक्तिको हक भएको स्पष्ट पार्नुभयो। मन्त्री शर्माले समितिले समायानुकूल बनाएर सिफारिस गरेको पारिश्रमिकसम्बन्धी प्रतिवेदन […]
समाज
नेपालले यूएईलाई ३ विकेटले हरायो
काठमाडौं,असार,१६-आइसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको छ । जिम्बावेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा यूएईले जितका लागि दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गर्यो।यो जितसँगै नेपालले सातौँ स्थानका लागि आययरल्यान्डसँगको भेट पक्का गरेको छ । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ७९ […]
दोस्रो “फुकुओका नेपाल फुटसल लिग” अगष्ट ५ तारिख बाट
टोकियो,जापान,१६-जापानको फुकुओकामा दोस्रो “फुकुओका नेपाल फुटसल लिग” हुने भएको छ।फुकुओका नेपाल फुटसल एशोसिएसनको आयोजनामा फुकुओका फुटसल लिग हुन लागेको हो। आगामी अगस्टको ५ तारिख बाट सुरु हुने फुकुओका नेपाल फुटसल लिग क्युशुमा स्थापित भएका प्रवासी नेपाली फुटसल क्लबहरु बीच “भाइचारा अभिवृद्धि र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ”लिगको आयोजना गर्न लागेको फुकुओका नेपाल फुटसल एशोसिएसनका […]
प्रधानमन्त्री कप क्लब लिग भलिबल असार २३ गतेदेखि सुरु
काठमाडौं,आषाढ,१२-सातौं औं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३ देखि ३० गतेसम्म पुरुष तथा महिला भलिबल क्लब लिग हुने भएको हो । यसै संस्करणदेखि प्रतियोगितामा प्रधानमन्त्री कप नाम राखिएको छ ।संघले सोमबार एक कार्यक्रम आयोजना गर्दै […]
‘२० वर्षपछि नागरिकता पाए, १५ दिनसम्म छातिमा टाँसेर सुत्छु’
नवलपरासी,आषाढ,१२-जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानले अब सहज रुपमा नागरिकता पाउने भएका छन्।सर्वोच्च अदालतले गत बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि त्यस्ता सन्तानका लागि नागरिकता पाउने बाटो खुलेको हो।सर्वोच्चले बाटो खुलाएसँगै नागरिकता वितरण हुन थालेपछि नवलपरासीका युवाले अबिर जात्रा समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट सोमबार […]
नेपाल र भारत भिड्दै (प्रत्यक्ष लाईभ)
काठमाण्डौं,अषाढ,९- साफ च्यम्पियनसिपमा अहिले नेपाल र भारत भिडिरहेको छ । खेल प्रत्यक्ष लाईभ हेर्न तल दिएको लिंकमा गर्नुहोस् !! नेपाल र भारत भिड्दै
विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै
काठमाडौं,जेठ,१७-आज ३१ मे अर्थात विश्व धुम्रपान रहित दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ।“खाद्यान्न बढाऊ, सूर्ति घटाऊ” भन्ने नारासहित बुधबार यो दिवस मनाउन लागिएको हो । सन् १९८७ मा विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको घातक असरबारे सचेतना जगाउने उद्धेश्यसहित विश्व धुम्रपान रहित दिवस मनाउन प्रस्ताव गरेको थियो। सन् १९८८ अप्रिल ७ मा विश्व स्वास्थ्य संगठनको […]
यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना
काठमाडौं,जेठ,१३-पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे। पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा पनि घरबाटै लान्थे। यहाँसम्म कि कार्यालयको गाडीसमेत उनले चढेनन्। टण्डनले पशुपति क्षेत्र विकास कोषमा दुईपटक गरी ११ वर्ष दुई महिना पदाधिकारीका रूपमा […]
नेपाल एयरलाइन्सले मलेसिया-भैरहवा १२ हजार सात सयमै उडाउने
काठमाडौँ,जेठ,४-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ।यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो। “नेपाल एयरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, […]
नक्कली भुटानी शरणार्थी प्रकरणको प्रक्रिया दबाबमा रोकिँदैन, भ्रष्टाचारीलाई कारबाही हुन्छ:प्रधानमन्त्री
काठमाडौं,बैशाख,२३-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कुरामा सरकार दृढताका साथ अघि बढ्ने बताउनु भएको छ। शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पार्नुभयो। दोषी नछुटाउने र निर्दोष नफस्ने गरी काम गर्ने उहाँको प्रतिबद्धता छ। ‘दोषी कोही […]

