मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु

काठमाडौं,असार,२६-सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा क्पाप्टेन चेत गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्।मृत्यु भएका ६जनाकै शव भेटिएको प्रहरीले जनाएको छ। मृतकहरु सबैको शव क्षतविक्षत अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले […]

हेलिकप्टर दुर्घटना अपडेट : हेलिकप्टरमा सवार ५ जनाको सव भेटियो

काठमाडौं,असार,२६-सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो। ‘हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।एक जना बेपत्ता छन्।उनीहरुको पहिचान भएको छैन,’उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए।हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेका थिए।प्रहरीले घटनास्थलमा उद्धारको काम भैईरहेको उहाँले जानकारी दिनुभयो। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर […]

अपडेट: हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं,असार,२६-सोलुखुम्बुको सुर्केबाट देखी काठमाडौंका लागी उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा दुर्घटना भएको छ। हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभएको छ। ‘च्यान डाँडामा चौरी गोठालाहरुले हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका अध्यक्षले बताउनुभयो। थप विवरण आउन बाँकि रहेको छ।

ब्रेकिङ न्यूज : लुक्लाबाट उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं,असार,२६-सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो। ६ जना यात्रुसहित मंगलबार विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो। सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ रहेको खुलेको छ। विदेशीलाई माउन्टेन फ्लाइट गराएर फर्किँने क्रममा सम्पर्कविहीन भएको नाइन एनए-एमभी कलसाइन रहेको हेलिकप्टर पौने ११ बजे काठमाडौं आईपुग्नु पर्नेमा […]

आज विश्व जनसंख्या दिवस,नेपालमा पनि मनाईदै

काठमाडौं,असार,२६-आज विश्व जनसंख्या दिवस!!नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ।हरेक बर्ष जुलाई ११ का दिन संसारभरि मनाईन्छ। यस कार्यक्रमले विश्वमा रहेका जनसंख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ। विश्वको जनसंख्या आठ अर्ब ४४ करोडको हाराहारीमा पुगेको छ।पछिल्लो समय भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ।संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या […]

बारम्बार आफूमाथि प्रहार भएको प्रति अभिनेता पल शाहको गुनासो

काठमाडौं,असार,२६-अभिनेता पल शाहले गत हप्ता एक कार्यक्रममा दिएको अन्तरवार्ता पछि निकै आलोचीत हुन पुगेका छन्। सामाजिक सञ्जालमार्फत अभिनेता पल शाहले ‘सफाइ’ दिइसकेको विषयलाई जोडेर आफूमाथि बारम्बार प्रहार भएको प्रति गुनासो व्यक्त गर्नु भएको छ।   अदालतबाट सफाइ पाइसकेपछि पनि निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ भन्दै […]

डोटीको ईखडा गाँउमा चिउरीको फल पाक्यौ, तर खाने मान्छे छैन्

डोटी,ईखडा,असार,२५-डोटीको ईखडा गाँउ लगायत विभिन्न पहाडी  भेगमा यतिबेला चिउरीको फल पाकिरहेको छ।यो फल कार्तिक र मंसिर महिनामा फुल्ने र जेठको अन्तिम साता देखी असार र साउन महिना सम्म पाक्ने गर्दछ। यतिबेला डोटीको ईखडा गाँउ वरपर रहेका जंगल र बारीका कान्लामा रहेका चिउरीका बोटमा चिउरी पहेँलै पाकि रहेको छ।तर केहि वर्ष पहिले सम्म उक्त गाँउमा रहेका […]

विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फिर्ता

काठमाडौं,असार,२२-जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएका छन्। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो। प्लेअफ खेलमा नेपालले यूएईलाई हराएको थियो।नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो। विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए।नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ […]

आयुष सिहं ठकुरीको “सात समुन्द्र”बोलको गित विश्व बजारमा चर्चा

टोकियो,जापान,असार,२२-नेपाली गित संगितको बजारमा एउटा नयाँ गित अहिले निकै मन पराईएको छ।त्यो गित हो “सात समुन्द्र”यो गितको शब्द रचनाकार तथा गायक हुन् आयुष सिंह ठकुरी!! मुलत: नेपाली गित संगितको बजारमा आयुष सिंह ठकुरी विल्कुलै नयाँ नाम रहेको छ। तर अहिले उनको यो गित नेपालमा मात्र नभएर विश्व बजारमा नै चर्चा बटुली रहेको छ,भन्दा तपाईलाई पत्यार लाग्दैन […]

नेपालमा बनेको फोहोर व्यवस्थापन गर्ने मेसिन जापान निर्यात

हेटौँडा,असार,१७-नेपालमा बनेको फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने मेसिन जापान निर्यात भएको छ।आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गर्नु भएको हो। जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो। कानुनी जटिलताका कारण नेपालमा भने मेसिन […]