नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौं,भदौ,३१-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ११ जनाको मृत्यु भएको जनाएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ ।बिहीबार १५ सय ११ संक्रमित थपिएका छन् । जसमा ११ हजार २ सय ८ पीसीआर परीक्षणबाट १० दशमलव ४० प्रतिशत अर्थात् ११ सय ६५ […]

संखुवासभामा ६ जना हत्याका आरोपी सार्वजनिक

काठमाडौं,भदौ,२७-संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनले चिर्पटले हानेर ६ जनाकै हतया गरेको स्वीकार […]

अब यूट्यूब पनि करको दायरामा, १ % को दरले अग्रिम कर तिर्नुपर्ने

काठमाडौं,भदौ,२६-पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको संख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको चालू आर्थिक वर्षको बजेटमा यूट्यूबलाई समेत करको […]

संखुवासभा घटना: तेजबहादुरको ज्यान लिएको देखेपछि अरुको पनि हत्या

काठमाण्डौं,भदौ,२६-संखुवासभाको मादी नगरपालिका-१ उमलिङ खोलाका तेजबहादुर कार्कीको परिवारको हत्या उनकै भतिजाले गरेको निष्कर्षमा प्रहरी पुगेको छ।  तेजबहादुरको भन्दा करिब डेढ सय मिटर टाढा घर रहेका २६ वर्षीय लोकबहादुर कार्कीले परिवारका ६ जनाकै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो।  ५ दिन लामो अनुसन्धानपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको छ। हत्या गरेपछि पनि लोकबहादुर घरमै थिए। उनले एक्लै […]

आज हरितालिका तीज : निराहार व्रत बसी भगवान शिवको आराधना गरिँदै

काठमाडौं,भदौ,२४-आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ । सरकारले तीजको मुखैमा निषेधाज्ञा हटाएकाले यस वर्ष महिला दिदिबैनीहरुले खुलेर तीज मनाईरहेका छन् । हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको विहानैदेखि भीड लागेको छ । […]

दैलेखमा १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापति बनिन्

दैलेख,भदौ,१९-दैलेख जिल्लामा नेपाली कांग्रेसले एकजना १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ।  दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन्।  शुक्रबार भएको वडा अधिवेशनका क्रममा कांग्रेसले उनलाई सर्वसम्मत रुपमा वडा सभापति बनाएको हो। उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि […]

जुम्लाको अर्गानिक स्याउले नेपालगञ्जमा बजार लिंदै

नेपालगञ्ज,भदौ,१९-अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ ।नेपालगञ्जमा अहिले जुम्लाको स्याउ मात्रै विक्री भइरहेको छ । चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा अहिले जुम्लाको स्याउ धेरै देखिन्छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ विक्रीमा व्यस्त छन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउँदा सस्तो पर्ने गरेको […]

यातायात व्यवस्था विभागले दिन थाल्‍यो परीक्षणकालीन लाइसेन्स

काठमाडौं,भदौ,१८-यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाई रुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो […]

नेपाली कांग्रेसको ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न

काठमाडौं,भदौ,१८-नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा अधिवेशन भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ । निर्वाचन समितिका अनुसार प्रदेश […]

सुनको मूल्य घट्यो

काठमाण्डौं,भदौ,१७-आज बिहीबार सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो।  बुधबार ९१ हजार प्रतितोलामा कारोबार भएको थियो। चाँदीको मूल्य भने बढेको छ। बुधबार १ हजार १ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ।