दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ,भदौ,१७-दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद […]

हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्छ- सुनिल क्षेत्री (अन्तर्वार्ता)

काठमाडौं,भदौ,१४-नेपालसँग तय भएका दुई मैत्रीपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । विमानस्थलमा ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाली भाषामा नै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए । प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे । नेपालमा आइपुगेपछि सञ्चारकर्मीसँगको अन्तर्वार्ताको सम्पादित […]

आज श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व मनाईदै

काठमाडौं,भदौ,१४-आज श्रीकृष्ण जन्माष्टमी पर्व । भगवान श्रीकृष्ण जन्मिएको दिनका रुपमा हिन्दुहरुले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएका छन् ।हिन्दु मठमन्दिरमा विशेषगरी कृष्ण मन्दिरहरुमा दर्शनार्थीहरु पुगी पुजापाठ गर्ने गर्दछन् । उनको मामा कंशले पिता वासुदेव र आमा देवकीलाई जेलमै हालेको अवस्थामा कृष्णको जन्म भएको हो । कृष्ण जेलमै जन्मिएका हुन् । महाभारतको युद्धमा कृष्णको विशेष भूमिका […]

जापानमा कोरोनाको खोप १० करोड ५९ लाख ७८ हजार बढीले लगाए

जापान,भदौ,१४-जापानमा आईतबार सम्म कोरोना भाइरसको खोप लगाउनेको संख्या १० करोड ५९ लाख ७८ हजार ५ सय ६९ जना पुगेको छ।कोरोना खोप लगाउनेको दर अहिले सम्मकै उच्च हो । जापानमा हाल १३ करोडको हाराहारीमा जनसंख्या रहेको छ ।  यहाँ पछिल्लो समय कोरोना भाईरस संक्रमित हुनेको संख्या पनि उच्च रहेको छ ।आईतबार मात्र १९ हजार ३ सय ११ […]

थप १८५७ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं,भदौ,१२-शनिवार पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ पीसीआर परीक्षणमा १ हजार ५१६ जना र ३ हजार ७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।  त्यस्तै सोही अवधिमा देशभर २७ जना […]

थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं,भदौ,७-सोमवार पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी कुल १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।  त्यस्तै सोही अवधिमा देशभर […]

आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल खोल्ने तयारी

काठमाडौं,भदौ,४-यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिशपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको छलफलमा ट्रायल परीक्षा खुलाउन सीसीएमसी […]

थप ३२ सय ७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं,भाद्र,१-पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ५६ जना र ६ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा […]

थप ३४ सय ५१ जनामा कोभिड संक्रमण, ३५ जनाको मृत्यु

काठमाडौं,साउन,३२-नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर र ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गर्दा ३४ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा हालसम्म पीसीआर र एन्टिजेन परीक्षणबाट कुल संक्रमित हुनेको संख्या […]

बिहानी अनलाईन डटकम आजबाट पाचौं वर्षमा प्रवेश

काठमाण्डौं,साउन,३०- बिहानी अनलाईन डटकम||www.bihanionline.com बिहानी अनलाईन डटकम आजबाट पाचौं वर्षमा प्रवेश गरेको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो […]