प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुने

काठमाडौं,पुस,१०-सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय इजलास गठन गरेको छ। जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा बनेको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो। सो इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी रहेका छन्। बुधबार प्रधान न्यायाधीश जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी […]

हालसम्मकै उच्च अंकले बढ्यो बजार, करीब ७ अर्बको कारोबार

काठमाडौं,पुस,७-मंगलवार शेयर बजार हालसम्मकै उच्च अंकले बढेको छ । यो दिन बजार ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ विन्दुमा पुगेको हो । उता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंक बढेर ३९१ दशमलव ७४ विन्दुमा पुगेको छ । १ हजार ९८७ दशमलव ४८ विन्दुदेखि खुला भएको बजार निरन्तर […]

पछिल्लो २४ घण्टामा ७२२ संक्रमित, ९६६ संक्रमणमुक्त, ३ जनाको मृत्यु

काठमाडौं,पुस,७-पछिल्लो २४ घण्टामा नेपालमा ७२२ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको […]

ससंद विघटनको प्रभाव शेयर बजारमा, एकैदिन नेप्से ४.७७ % घट्यो

काठमाडौं,पुस,५-ससंद विघटनको प्रभाव आइतवार शेयर बजारमा पनि परेको छ ।आइतवार नेप्से परिसूचक  १ हजार ९३५ दशमलव ६३ विन्दुमा पुगेको छ ।अघिल्लो कारोबार दिनको तुलनामा ९६ दशमलव ८८ अंक अर्थात् ४ दशमलव ७७ प्रतिशत कमि आएको हो । यस दिन १९८ ओटा कम्पनीको रू. ९ अर्ब ४ करोड ७९ लाख २७ हजार ५४७ बराबरको शेयर खरीदविक्री […]

राप्रपाले अब सडक आन्दोलनको नेतृत्व गर्ने कमल थापाको भनाई

काठमाडौं,पुस,४-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ।राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो। शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुनुपर्ने बताउनुभयो। पछिल्लो समय देशभर हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनमा पनि राप्रपाको […]

पर्वतीय उडानमा यात्रुको आकर्षण बढ्दो, एकैदिन भए आठ ओटा उडान

काठमाण्डौं,पुष,४-सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ संक्रमणकै बीच गत मंसिर २० गतेदेखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जानकारी दिएका छन् । बन्दाबन्दीको झण्डै नौ महीनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय […]

थप ७१० जना कोरोना पुष्टि, मृतकको संख्या १७ सय ७७ पुग्यो

काठमाडौं,पुष,४-देशभर २४ घण्टामा थप ७१० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालका संक्रमित संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, थप ११ सय ७५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४२ हजार ५६७ जना कोरोनामुक्त भएका छन्। त्यस्तै, कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट […]

नेपाल-बंगलादेशबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता

काठमाडौं,पुस,२-नेपाल र बंगलादेशबीच रासायनिक मल खरिदका विषयमा औपचारिक सम्झौता भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बिहीबार कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्ड्रस्ट्रिज कम्पनीबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद […]

थप ७३६ जनामा कोरोना संक्रमित,८४७ संक्रमणमुक्त, १३ जनाको मृत्यु

काठमाडौं,पुस,१-नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।हालसम्म संक्रमणमुक्त […]

कोरोनाको खोप छिट्टै ल्याउने विषयमा मन्त्री र सचिवहरुविच छलफल

काठमाडौं,मंसिर,२६-कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका निर्देशक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोपसँग सम्बन्धित मन्त्रालय र सचिवहरूसँग छलफल गरेका छन्। कोरोना खोपसँग सम्बन्धित विषयमा शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूसँग छलफल गरेका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने […]