ससंद विघटनको प्रभाव शेयर बजारमा, एकैदिन नेप्से ४.७७ % घट्यो

काठमाडौं,पुस,५-ससंद विघटनको प्रभाव आइतवार शेयर बजारमा पनि परेको छ ।आइतवार नेप्से परिसूचक  १ हजार ९३५ दशमलव ६३ विन्दुमा पुगेको छ ।अघिल्लो कारोबार दिनको तुलनामा ९६ दशमलव ८८ अंक अर्थात् ४ दशमलव ७७ प्रतिशत कमि आएको हो । यस दिन १९८ ओटा कम्पनीको रू. ९ अर्ब ४ करोड ७९ लाख २७ हजार ५४७ बराबरको शेयर खरीदविक्री […]

राप्रपाले अब सडक आन्दोलनको नेतृत्व गर्ने कमल थापाको भनाई

काठमाडौं,पुस,४-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ।राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो। शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुनुपर्ने बताउनुभयो। पछिल्लो समय देशभर हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनमा पनि राप्रपाको […]

पर्वतीय उडानमा यात्रुको आकर्षण बढ्दो, एकैदिन भए आठ ओटा उडान

काठमाण्डौं,पुष,४-सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ संक्रमणकै बीच गत मंसिर २० गतेदेखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जानकारी दिएका छन् । बन्दाबन्दीको झण्डै नौ महीनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय […]

थप ७१० जना कोरोना पुष्टि, मृतकको संख्या १७ सय ७७ पुग्यो

काठमाडौं,पुष,४-देशभर २४ घण्टामा थप ७१० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालका संक्रमित संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, थप ११ सय ७५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४२ हजार ५६७ जना कोरोनामुक्त भएका छन्। त्यस्तै, कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट […]

नेपाल-बंगलादेशबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता

काठमाडौं,पुस,२-नेपाल र बंगलादेशबीच रासायनिक मल खरिदका विषयमा औपचारिक सम्झौता भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बिहीबार कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्ड्रस्ट्रिज कम्पनीबीच ५० हजार मेट्रिकटन युरिया मल आपूर्तिका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद […]

थप ७३६ जनामा कोरोना संक्रमित,८४७ संक्रमणमुक्त, १३ जनाको मृत्यु

काठमाडौं,पुस,१-नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।हालसम्म संक्रमणमुक्त […]

कोरोनाको खोप छिट्टै ल्याउने विषयमा मन्त्री र सचिवहरुविच छलफल

काठमाडौं,मंसिर,२६-कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका निर्देशक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोपसँग सम्बन्धित मन्त्रालय र सचिवहरूसँग छलफल गरेका छन्। कोरोना खोपसँग सम्बन्धित विषयमा शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूसँग छलफल गरेका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने […]

थप ७ हजार ४१४ परिक्षण गर्दा १ हजार ४४ जनामा कोरोना पुष्टि

काठमाडौं,मंसिर,२६-पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जना पिसिआर परीक्षण गर्दा मुलुकभर १ हजार ४४ जनामा कोरोना पुष्टि भएको छ। १८ लाख २० हजार ६ सय १८ जनाको पिसीआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित १२ हजार १ सय ४८ छन्। १२ सय ७१ संक्रमणमुक्त भएका पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ […]

जोरायल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिदै

डोटी,मंसिर,२६-जोरायल गाउँपालिका-५ गड्सेरामा वर्षौंपछि नेपाल विद्युत् प्राधिकरण दिपायल शाखाले राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गर्न थालेको छ ।  सो वडाका खहडा, चौकी, अमौन, बोकडा, हडरानी, बडिगाड, पातलीगाउँ, चोखाल गाउँ, मनोहबजार, ठाँटीलगायतका ठाउँमा विद्युत् लाइन विस्तार गर्नका लागि बजेट विनियोजन गरिएसँगै अहिले पोल गाड्नका लागि विस्तृत सर्वेक्षण शुरु गरिएको छ ।  जोरायल क्षेत्रबाट जडान गरिँदै उक्त […]

कोरोना संक्रमित १३८२ थपिए,१६२१ संक्रमणमुक्त, २३ जनाको मृत्यु

काठमाडौं,मंसिर,२३-नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँग नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।पछिलो २४ घण्टामा १६२१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म […]