पृथ्वी जयन्ती मनाउन पुगेकाहरुमाथि सिंहदरबार अगाडी प्रहरी धरपकड

काठमाडौं,पुस,२७-पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनाउन पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको छ । काठमाडौं, सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित कार्यक्रम गर्न पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको हो । प्रहरी धरपकडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबरासहितका जुलुसका सहभागिहरु परेका छन् । दिवस मनाउन पुगेकाहरुले निकालेको र्‍यालीका सहभागिहरु भद्रकालीबाट सिंहदरबार पश्चिम गेटतर्फ अघि […]

संवैधानिक इजलासको बहस स्थगित : न्यायाधीश कार्कीले छाडे

काठमाडौं,पुस,२२-संवैधानिक इजलासका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा नहेर्ने भएका छन्। अधिवक्ताहरुले न्यायाधीश कार्कीमाथि स्वार्थ बाझिने भन्दै प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलास छाड्नु भएको हो ।सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आफू यसबारे बुझ्ने क्रममा रहेको बताउनुभयो । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिवक्ता हुनुहुन्थ्यो। सोहीकारण अहिले पनि केपी ओली नै प्रधानमन्त्री […]

हुम्लामा हिमपात पर्दा तापक्रम माइनसमा झर्‍यो, जनजीवन कष्टकर

हुम्ला,पुस,२२-हुम्ला जिल्लामा हिमपातपछि चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोट लगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै […]

आज सुनको मूल्य,फेरी ११०० ले बढ्यो

काठमाडौं,पुस,२१-नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. १ हजार १०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ४०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार ३०० मा कारोबार भएको […]

नेपाली सेनामा २९४ जनाका लागि भर्ना खुल्यो,साधारण लेखपढले पनि दिन मिल्ने

काठमाडौं,पुस,२१-नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्ना गर्न दरखास्त मागेको छ।सेनाले मंगलबार सूचना जारी गरी पुजारीदेखि कुचिकारसम्मका लागि आवेदन आह्वान गरेको हो। तसर्थ साधारण लेखपढ भएकालाई समेत सेनामा जागिरको अवसर आएको छ। हेर्नुहोस्, सूचना    

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

हुम्ला,पुस,१९-हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसईई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ ।  चर्को लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना संक्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो […]

आज राष्ट्रिय टोपी दिवस

काठमाडौं,पौष,१७-आज राष्ट्रिय टोपी दिवस ! नेपालमा हरेक वर्ष विविध कार्यक्रमका बीच मनाईदै आएको राष्ट्रिय टोपी दिवस यस वर्ष भने कोरोना भाईरसका कारण बितेका वर्ष जस्तो विविध कार्यक्रम नगरी मनाईदैछ । यस वर्ष विभिन्न सामाजीक सन्जाल फेसबुक,टुईटर,ईन्स्टाग्राममा युवाहरुको जमातले ढाका टोपि अर्थात भादगांउले टोपि लगाएका तस्विर पोष्ट गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरि मनाईदै छ […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

काठमाण्डौं,पुस,१७-आज बाट अंग्रेजी नयाँ वर्ष २०२१ सुरु भएको छ।आज  नयाँ वर्षका दिन विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन् । यद्यपी विगत जस्तो भने यस वर्ष भव्यताका साथ कार्यक्रहरु भने भएनन्।२०२० को वर्ष विश्वभरी कोरोना भाइरसको महामारीका कारण गएका वर्ष जस्तो भने हुन नसकेको हो। विश्वभरी २०२० को अन्तीम दिन सम्म कोरोना भाईरसका कारण […]

सुनचाँदीको मूल्य घट्यो,किन्ने भए तोलाको ९४ हजार १००

काठमाडौं,पुस,१६-नेपाली बजारमा सुनको मूल्यमा सामान्य बिहिबार गिरावट आएको छ । गत कारोबार दिन अर्थात् बुधवार रू. १०० ले उकालो लागेको सुनको मूल्य बिहीवार रू. १०० ले नै ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू […]

आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदै

  काठमाडौं,पुस,१६-नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदैछ। ८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।  २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा […]