चिसोले कठ्याग्रिएर प्रदेश २ मा एक बालक सहित चार जनाको मृत्यु

काठमाडौं,माघ,६-अत्यधिक चिसोका कारण प्रदेश-२ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका पुस यता चार जनाको मृत्यु भएको हो । चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का […]

बेलायतबाट फर्किएका तीन नेपालीमा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि

काठमाडौं,माघ,५-बेलायतबाट फर्किएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।नयाँ प्रजातिको भाइरस तीव्र रुपमा संक्रामक रहेको अध्ययनले पुष्टि गरिसकेको छ। हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा गरिएको जिनोम सिक्वेन्सिङमा तीन जनामा सो भाइरसको नयाँ प्रजाति भेटिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौतले बताउनुभयो। यो भाइरसको प्रजाति पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक मानिन्छ। डब्लुएचओले जनाएअनुसार […]

हुम्लामा ओली र प्रचण्ड-नेपाल पक्षबिच झडप,वडाध्यक्ष घाइते

हुम्ला,माघ,५-सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ता एक अर्को पक्षमाथि जाइलाग्न थालेका छन् । केन्द्रमा शीर्ष नेताबीच वाकयुद्ध चलिरहेका बेला विभिन्न जिल्लामा बाझाबाझ हुनु त सामान्य नै हो तर हुम्लामा भने कार्यकर्ताबीच कुटाकुट भएको छ।हुम्लामा नेकपा ओलीपक्ष र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो। झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते हुनुभएको छ।वडा नम्बर १ को कल्ख्यामा […]

भारतमा आजदेखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं,माघ,३-भारतले शनिबार (आज)देखि सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्दैछ । खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ । भारतले पहिलो प्राथमिकतामा रहेका ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ ।खोपका लागि […]

भारतमा शनिवारदेखि कोरोनाको खोप लगाउने तयारी, शुरुमा ३० करोड मानिसलाई खोप दिइने

नयाँदिल्ली,पुस,२७-भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिवारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने बताएको छ ।      सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै १ अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करीब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ ।भारत […]

पृथ्वी जयन्ती मनाउन पुगेकाहरुमाथि सिंहदरबार अगाडी प्रहरी धरपकड

काठमाडौं,पुस,२७-पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती मनाउन पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको छ । काठमाडौं, सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित कार्यक्रम गर्न पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको हो । प्रहरी धरपकडमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबरासहितका जुलुसका सहभागिहरु परेका छन् । दिवस मनाउन पुगेकाहरुले निकालेको र्‍यालीका सहभागिहरु भद्रकालीबाट सिंहदरबार पश्चिम गेटतर्फ अघि […]

संवैधानिक इजलासको बहस स्थगित : न्यायाधीश कार्कीले छाडे

काठमाडौं,पुस,२२-संवैधानिक इजलासका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा नहेर्ने भएका छन्। अधिवक्ताहरुले न्यायाधीश कार्कीमाथि स्वार्थ बाझिने भन्दै प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलास छाड्नु भएको हो ।सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आफू यसबारे बुझ्ने क्रममा रहेको बताउनुभयो । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिवक्ता हुनुहुन्थ्यो। सोहीकारण अहिले पनि केपी ओली नै प्रधानमन्त्री […]

हुम्लामा हिमपात पर्दा तापक्रम माइनसमा झर्‍यो, जनजीवन कष्टकर

हुम्ला,पुस,२२-हुम्ला जिल्लामा हिमपातपछि चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोट लगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै […]

आज सुनको मूल्य,फेरी ११०० ले बढ्यो

काठमाडौं,पुस,२१-नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. १ हजार १०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ४०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार ३०० मा कारोबार भएको […]

नेपाली सेनामा २९४ जनाका लागि भर्ना खुल्यो,साधारण लेखपढले पनि दिन मिल्ने

काठमाडौं,पुस,२१-नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्ना गर्न दरखास्त मागेको छ।सेनाले मंगलबार सूचना जारी गरी पुजारीदेखि कुचिकारसम्मका लागि आवेदन आह्वान गरेको हो। तसर्थ साधारण लेखपढ भएकालाई समेत सेनामा जागिरको अवसर आएको छ। हेर्नुहोस्, सूचना