काठमाडौं,माघ,२०-एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो । नेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो।चाईना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा आयोजना चीन सहित १६ टिमले सहभागीता […]
समाज
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं,माघ,१९-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यसअघि हिजो बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी […]
यूएई सरकारले आफ्नो देशमा काम गर्ने विदेशीलाई नागरिकता दिने
काठमाडौं,माघ,१८-नेपालीको पनि श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई नागरिकता दिने भएको छ। आबुधाबीबाट प्रकाशन हुने पत्रिका ‘द नेसनल’का अनुसार खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकलाई यूएई सरकारले नागरिकता दिने कानुन बनाएको हो। कोरोना महामारी र तेलको मूल्य ओरालो लागेका कारण हजारौंको संख्यामा विदेशी नागरिकले आफ्नो मुलुक छाडेर हिँडेपछि यूएई […]
स्वस्थानी व्रत आजबाट सुरु,शालीनदीमा मेला
काठमाडौं,माघ,१५-हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु भएको छ । पौस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रत अवधिभर भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी […]
आज देखि देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु
काठमाडौं,माघ,१४-आज (बुधबार) एकैसाथ देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्नुभएको हो । कोरोनाविरुद्ध खोप लगाउने अभियानको सुरु अहिले उद्घाटन समारोह चलिरहेको छ।
सुदुरपश्चिममा माघ १५ देखि नियमीत प्याराग्लाईडिङ्ग संचालन हुदै
बुडर डोटी,माघ,११-प्रदेश नं.७ सुदुरपश्चिममा यहि माघ १५ गते (बिहिबार) देखि प्याराग्लाइडिङ पुनह:नियमीत रुपमा सञ्चालन हुने भएको छ। छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र स्काईलाई प्रा.लि को संयुक्त सहकार्यमा निरन्तर प्याराग्लाईडिङ्ग संचालन हुने भएको हो । प्याराग्लाईडिङ्ग निरन्तर संचालन हुने भएपछि टिकट बुकिङ खुल्ला गरिएको छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुवंरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो […]
आज सातै प्रदेशमा कोरोना खोप पुर्याइँदै,१८ गतेसम्ममा लगाउन थालिने
काठमाडौं,माघ,११-भारतले दिएको कोरोना खोप आज (आइतबार) काठमाडौंबाट देशका सातै प्रदेशमा पुर्याइँदै छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज कोरोना खोप लिएर गाडी सातै प्रदेशमा जाने जानकारी दिनुभयो । ‘आज सातै प्रदेशमा कोरोना खोप पुर्याइनेछ,’ प्रवक्ता डा. गौतमले भन्नुभयो, ‘यही १८ गतेसम्ममा लगाउन थालिनेछ।’ भारतले नेपाललाई अनुदानस्वरूप १० लाख डोज खोप दिने घोषणा गरेकोमा […]
कोभिड-१९ विरुद्धको खोप आजदेखि सातओटै प्रदेशमा पठाईदै
काठमाडौं,माघ,१०-कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ शनिवारदेखि सातओटै प्रदेशमा पठाउन थालिएको छ।भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातओटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उहाका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण […]
काठमाडौंको सवारी आवागमन अस्तव्यस्त, यी स्थानको यात्रा गर्दै नगर्नुस्
काठमाडौं,माघ,९-प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहको नेकपाले काठमाडौंमा गर्न लागेको विरोध सभाका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ । विरोध सभा र प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएपछि महानगरीय ट्राफिक प्रहरीले अहिले सवारी साधनलाई डाइभर्सन गरिरहेको छ । काठमाडौं उपत्यकाको तिनकुने, गौशाला, सिनामंगल, नारायणगोपालचोक, गोंगबु, बालाजु, कलंकी, बल्खु र सातदोबाटोबाट रिङरोडभित्र आउने ठूला तथा भाडाका […]
राष्ट्रिय महिला लिग:अहिले एपीएफ र चन्द्रपुर भिड्दै
काठमाडौं,माघ,८-राष्ट्रिय महिला लिगमा आज बिहिबार दुई खेल हुँदैछन्।हिजोबाट सुरु लिगको दोस्रो दिन आज शसस्त्र प्रहरीको एपीएफ र चन्द्रपुर नगरपालिका रौतहट तथा विराटनगर नगरपालिका मोरङ र वालिङ नगरपालिका स्याङ्जा भिड्दैछन् । पहिलो खेल,ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा अहिले एपीएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा भैईरहेको छ ।यो समाचार तयार पार्दा सम्म एपीएफ २ शुन्य गोलले अगाडी रहेको […]





