निर्वाचन आचारसंहिताबारे छलफल गर्न नेकपाका दुवै पक्षसहित सबै दललाई निमन्त्रणा

काठमाण्डौं,फागुन,२-सरकारले वैशाख १७ र २७ का लागि घोषणा गरेको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न आज (आइतबार) नेकपाका दुवै पक्षसहित सबै दलका प्रतिनिधिलाई बोलाएको छ।निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले यसबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो। एक आयुक्तका अनुसार निर्वाचन आचारसंहिताको मस्यौदामा सल्लाह/सुझाव लिन नेकपा दुवै पक्षका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली […]

बाबुरामको प्रश्न-यो सरकारको काल आएकै हो ?

काठमाडौं,माघ,२९-पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीको विरोधमा टिप्पणी गर्नुभएको छ । बिहीबार ट्वीटमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईले सरकारको काल आएकै हो भनेर प्रश्न गर्नुभयो । उहाँले संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन बोल्ने भन्दै प्रश्न गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘ओली सरकारले राष्ट्रपतिबारे […]

भागरथी भट्टको हत्यारा पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न राप्रपाको माग

काठमाडौं,माघ,२५-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै भागरथी भट्ट हत्या घटनाको सत्य तथ्य छानबिनगरि दोषी माथी कडा भन्दा कडा कारबाही गर्न सरकार संग माग गरेको छ । पछिल्लो समय ‘देशमा हत्या हिंसा र बलात्कारका घटना बढ्दै गइरहेको अवस्थाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी चिन्तित भएको छ । तरल राजनीतिक अवस्थाका कारण अपराधका घटना […]

नेपालको राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का

काठमाडौं,माघ,२०-एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो । नेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो।चाईना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा आयोजना चीन सहित १६ टिमले सहभागीता […]

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं,माघ,१९-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । यसअघि हिजो बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी […]

यूएई सरकारले आफ्नो देशमा काम गर्ने विदेशीलाई नागरिकता दिने

काठमाडौं,माघ,१८-नेपालीको पनि श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई नागरिकता दिने भएको छ। आबुधाबीबाट प्रकाशन हुने पत्रिका ‘द नेसनल’का अनुसार खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकलाई यूएई सरकारले नागरिकता दिने कानुन बनाएको हो। कोरोना महामारी र तेलको मूल्य ओरालो लागेका कारण हजारौंको संख्यामा विदेशी नागरिकले आफ्नो मुलुक छाडेर हिँडेपछि यूएई […]

स्वस्थानी व्रत आजबाट सुरु,शालीनदीमा मेला

काठमाडौं,माघ,१५-हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजबाट सुरु भएको छ । पौस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रत अवधिभर भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी […]

आज देखि देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु

काठमाडौं,माघ,१४-आज (बुधबार) एकैसाथ देशभर कोरोनाविरुद्ध खोप लगाउने अभियान सुरु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गर्नुभएको हो । कोरोनाविरुद्ध खोप लगाउने अभियानको सुरु अहिले उद्घाटन समारोह चलिरहेको छ।

सुदुरपश्चिममा माघ १५ देखि नियमीत प्याराग्लाईडिङ्ग संचालन हुदै

बुडर डोटी,माघ,११-प्रदेश नं.७ सुदुरपश्चिममा यहि माघ १५ गते (बिहिबार) देखि प्याराग्लाइडिङ पुनह:नियमीत रुपमा सञ्चालन हुने भएको छ। छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र स्काईलाई प्रा.लि को संयुक्त सहकार्यमा निरन्तर प्याराग्लाईडिङ्ग संचालन हुने भएको हो ।  प्याराग्लाईडिङ्ग निरन्तर संचालन हुने भएपछि टिकट बुकिङ खुल्ला गरिएको छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समितिका अध्यक्ष भरत कुवंरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो […]

आज सातै प्रदेशमा कोरोना खोप पुर्‍याइँदै,१८ गतेसम्ममा लगाउन थालिने

काठमाडौं,माघ,११-भारतले दिएको कोरोना खोप आज (आइतबार) काठमाडौंबाट देशका सातै प्रदेशमा पुर्‍याइँदै छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज कोरोना खोप लिएर गाडी सातै प्रदेशमा जाने जानकारी दिनुभयो । ‘आज सातै प्रदेशमा कोरोना खोप पुर्‍याइनेछ,’ प्रवक्ता डा. गौतमले भन्नुभयो, ‘यही १८ गतेसम्ममा लगाउन थालिनेछ।’ भारतले नेपाललाई अनुदानस्वरूप १० लाख डोज खोप दिने घोषणा गरेकोमा […]