डोटी,मंसिर,२६-जोरायल गाउँपालिका-५ गड्सेरामा वर्षौंपछि नेपाल विद्युत् प्राधिकरण दिपायल शाखाले राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गर्न थालेको छ । सो वडाका खहडा, चौकी, अमौन, बोकडा, हडरानी, बडिगाड, पातलीगाउँ, चोखाल गाउँ, मनोहबजार, ठाँटीलगायतका ठाउँमा विद्युत् लाइन विस्तार गर्नका लागि बजेट विनियोजन गरिएसँगै अहिले पोल गाड्नका लागि विस्तृत सर्वेक्षण शुरु गरिएको छ । जोरायल क्षेत्रबाट जडान गरिँदै उक्त […]
समाज
कोरोना संक्रमित १३८२ थपिए,१६२१ संक्रमणमुक्त, २३ जनाको मृत्यु
काठमाडौं,मंसिर,२३-नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँग नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।पछिलो २४ घण्टामा १६२१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म […]
सगरमाथाको उचाइमा वृद्धि, अब ८८४८.८६ मिटर कायम
काठमाडौं,मंसिर,२३-विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ ।सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर कायम भएको सरकारले घोषणा गरेको हो । लामो समयदेखि सगरमाथाको उचाइसम्बन्धी काम गर्दै आएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । पछिल्लो मापन अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बृद्धि भएको छ ।यस अघि […]
सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कडा कारवाही गरिनु पर्छ : विश्व हिन्दू परिषद नेपाल
काठमाण्डौं,मंसिर,२३-पूज्य सन्त रामकृष्णाचार्य श्री वैष्णव कृष्ण दास (सिद्धबाबा)लाई सुनसरी जिल्ला अदालतले सफाई दिएको छ । गलत मनसाय राखी पूज्य सन्तमाथि जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउनु निन्दनीय एवं दण्डनीय विषय हो।हिन्दू साधुसन्तहरुमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासन माथि नै प्रश्न चिन्ह खडा गर्छ । हिन्दू […]
कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि ६ महीना थपिने
काठमाडौं,मंसिर,१८-कोरोना माहामारीका कारण कोरिया जान रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महीना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै […]
‘धर्म बेच्न पाइँदैन,गणतन्त्र चाहिँदैन’ भन्दै राजावादी सडकमा
काठमाडौं,मंसिर,२०-काठमाडौंमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । शनिबार ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले राजतन्त्र पुनःस्थापना, धर्मसापेक्षता र संघीयताको खारेजीको माग गरेका छन् । ठूलो संख्या रहेका सहभागीहरुले राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहको तस्वीरसहितको प्लेकार्ड बोकेका थिए । माइतीघर मन्डलाबाट नयाँबानेश्वरसम्म पुगेको र्यालीमा सहभागीहरुले ‘धर्म बेच्न पाइँदैन, गणतन्त्र चाहिँदैन’लगायतको […]
थप १०२४ जनाकोरोना संक्रमित थपिए, १० जनाको मृत्यु
काठमाडौं,मंसिर,२०-नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ५७७ पुगेको छ । १,०२४ संक्रमित थपिए नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा छ हजार ७४ जनाको मात्रै ‘पीसीआर’ परीक्षण गरिएको […]
संयुक्त राष्ट्र संघमा नेपालले पनि गर्यो गाँजालाई लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान
काठमाडौं,मंसिर,१८-नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ। संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बुधबार भएको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको हो। भियनास्थित नेपालको स्थायी नियोगका राजदूत प्रकाशकुमार सुवेदीले ट्विट गर्दै नेपालले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा मतदान गरेको बताएका […]
सुनको भाउ १ हजार ५०० ले बढ्यो
काठमाडौं,मंसिर,१८-नेपाली बजारमा बिहीवार पनि सुनको मूल्य बढेको छ । बिहीवार स्थानिय बजारमा पहेंलो धातु सुनको मूल्य प्रतितोला रू. १ हजार ५०० ले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ६०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भएको […]
नेपालमा कोरोनाका कारण थप २१ जनाको मृत्यु, देशभर १६,६३३ सक्रिय संक्रमित
काठमाडौं,मंसिर,१६-नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १,३०४ जनामा संक्रमण पछिल्लो २४ घन्टामा देशभर एक हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । आठ हजार ५८३ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ८०३ […]







