काठमाडौं,मंसिर,१४-नेपाल-भारत नियमति हवाइ उडान खुला गर्ने निर्णय सरकारले गरेको छ। कोरोना संक्रमण त्रासको कारण गएको चैतदेखि बन्द रहेको नेपाल- भारत हवाइ उडान खुला गर्ने निर्णय गएको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार अब हरेक दिन नेपाली ध्वजावाहक वायुसेवाले एउटा र भारतीय वायुसेवाले […]
समाज
दाङमा हावाबाट बिजुली उत्पादनको तयारी, परीक्षण सफल
दाङ,मंसिर,११-दाङको कोइलाबास नाकामा हावाबाट बिजुली उत्पादनको सफल परीक्षण गरिएको छ । लामो समयदेखि विद्युत्को पहुँचबाट वञ्चित कोइलाबासमा विद्युत्को सहज व्यवस्थापनको लागि पहिलो चरणमा गरिएको परीक्षण सफल भएको हो । विद्युत् उत्पादनका लागि २०० फिट अग्लो टावर निर्माण गरे पश्चात ट्रान्समिटर जडान गरेर परीक्षण प्रकृया सम्पन्न भएको हो । कोइलाबासलाई ब्यबस्थित गर्ने क्रममा यो ठाँउमा हावाबाट […]
थप १७९०जना संक्रमित,२७९१जना डिस्चार्ज,२४ जनाको मृत्यु
काठमाडौं,मंसिर ९-नेपालमा पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा २७९१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा […]
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, एक युवती घाइते
काठमाडौं,मंसिर,८-पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्। वडा प्रहरी कार्यालय वैदामले जनाए अनुसार मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे हुन्। पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो। ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने […]
नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान : स्वास्थ्यमन्त्री
काठमाडौं,मंसिर,६-स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले अबको चार महिनामा करिब एक लाख ४८ हजारजनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान रहेको पनि बताउनुभयो । स्वास्थ्यमन्त्री ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा ‘पीसीआर’ परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रणमा […]
थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि,१७ जनाको मुत्यु
काठमाडौं,मंसिर,४-नेपालमा बिहीवार थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ […]
आई लिग खेल्न किरण चेम्जोङ ढाकाबाट सीधै भारत
काठमाडौं,मंसिर,४-भारतीय आई लिग खेल्न राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ ढाकाबाट सीधै भारत गएका छन्। पन्जाब फुटबल क्लब (मिनेर्भा पन्जाब) ले किरणसँगको सम्झौता नवीकरण गरेपछि उनी लिगका लागि सीधै भारत पुगेका हुन्। नयाँ सिजनका लागि पन्जाब फुटबल क्लबले प्रशिक्षण सुरु गरिसकेको छ। किरणले सन् २०१८ मा टोलीलाई विजेता बनाइसकेका छन्। नयाँ सिजनका लागि किरण […]
तिहारको मनोवैज्ञानिक पक्ष र महत्त्व : गोपाल ढकाल(मनोविद)
काठमाण्डौं,मंसिर,१-बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ ।तर यो विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने जोगाउनु पर्छ । यो […]
तिहारको मुख्य दिन आज भाइटीका लगाइँदै, उत्तम साइत ११:३७ बजे
काठमाडौं,मंसिर,१-प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको यो दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ […]
तिहारको तेस्रो दिन : गाई, गोरु र गोबर्द्धनको पूजाआजा गरी मनाइँदै
काठमाडौं,कार्तिक,३०-यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन गाई, गोवद्र्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने […]







