पेचिङ,फागुन,१८-शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मंगलवार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ।विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तिब्र रुपमा […]
अन्तराष्ट्रिय
हाइटीमा कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागे, २५ बढीको मृत्यु
एजेन्सी,फागुन,१५-हाइटीको राजधानी पोर्ट ओ प्रिन्टस्थित एक कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । क्रोइक्स डेस बुकिट कारागारबाट भाग्नेहरुमा हिंसात्मक झडपमा पक्राउ परेकाहरुमा पनि रहेको अधिकारीहरुले जनाएका छन् । घटनामा केही सर्वसाधरण,प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको छ । भाग्नेहरु मध्ये एक जना शक्तिशाली ग्याङका नेता आर्नेल जोसेफ भने सुरक्षा कारवाहीमा मारिएका छन् । […]
भारतीय विदेश मन्त्रालय भन्छ : नेपालमा हाम्रा ६ लाख नागरिक बस्छन्
काठमाडौं,माघ,२२-भारतले नेपालमा आफ्ना ६ लाख नागरिक बस्दै आएको जनाएको छ।भारतको माथिल्लो सदनमा बिहीबार भारतीय विदेश मन्त्रालयले विश्वका २ सय २१ वटा देश वा भूभागमा भारतीय नागरिक बस्दै आएको जानकारी दिएको हो। मन्त्रालयको अनुसार ती देशमा भारतबाट १ करोड ३१ लाख १४ हजार नागरिक रहेका छन्। त्यसमध्ये नेपालमा ६ लाख बस्दै आएका छन्। यो संख्या विदेशमा […]
म्यानमारको ‘कू’ प्रति अमेरिकाको प्रतिक्रिया, सुकीलाई तत्काल रिहा नगरे गम्भीर कदम चाल्ने चेतावनी
एजेन्सी,माघ,१९-अमेरिकाले म्यानमारमा गरिएको सत्तापलट र प्रजातन्त्र पक्षधर नेताहरुको गिरफ्तारीको विरोध गरेको छ ।राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे ब्रिफिङ गरेको पनि जनाइएको छ ।ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ‘बर्माका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो बलियो साथ […]
म्यानमारमा ‘सैन्य कू’, एक वर्षका लागि संकटकाल घोषणा
एजेन्सी,माघ,१९-म्यानमारमा सेनाले नेतृ आङ सान सूकीलाई पक्राउ गरिएको छ ।सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको पार्टीका प्रवक्ताले बताएको बीबीसीले जनाएको छ । म्यानमारमा भर्खरै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेको थियो । शासन हातमा लिएको सेनाले देशमा एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सेना […]
यूएई सरकारले आफ्नो देशमा काम गर्ने विदेशीलाई नागरिकता दिने
काठमाडौं,माघ,१८-नेपालीको पनि श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई)ले आफ्ना देशमा काम गर्ने ‘अब्बल’ विदेशी नागरिकलाई नागरिकता दिने भएको छ। आबुधाबीबाट प्रकाशन हुने पत्रिका ‘द नेसनल’का अनुसार खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकलाई यूएई सरकारले नागरिकता दिने कानुन बनाएको हो। कोरोना महामारी र तेलको मूल्य ओरालो लागेका कारण हजारौंको संख्यामा विदेशी नागरिकले आफ्नो मुलुक छाडेर हिँडेपछि यूएई […]
आईपीएल अक्सन फागुन ६ गते हुने
एजेन्सी,माघ,१४-सन २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको अक्सन (बोलकबोल) फेब्रुअरी १८ मा (फागुन ६ गते) हुने भएको छ । आईपीएलले १४ औं संस्करणको लागि अक्सन फेब्रुअरी १८ मा चेन्नईमा गरिने भारतीय क्रिकेट कन्ट्रोद बोर्ड (बीसीसीआई)ले जनाएको छ । आईपीएलमा सहभागी टिमले खेलाडी रिलिज र रिटेन गरिसकेका छन्।जसअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट […]
बेलायतमा कोरोनाका कारण एकैदिन १६ सय ३१ जनाको मृत्यु
काठमाडौं,माघ,१४-बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार एकै दिनमा एक हजार ६ सय ३१ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको बीबीसीले जनाएको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत […]
जापानमा कोरोनाका कारण एकैदिन १०४ जनाको मृत्यु
जापान,माघ,७-जापानमा कोरोना भाइरस (कोभिड–१९) कारण एकै दिन मंगलबार १०४ जनाको मृत्यु भएको छ । यो संगै जापानमा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ४ हजार ७ सय पुगेको हो । मंगलबार मात्र ५ हजार ३ सय २० जना संक्रमित थपिएका छन् । यो संगै जापानमा संक्रमित हुनेको संख्या ३ लाख ४१ हजार ६ सय ९ जना […]
भारतमा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु
काठमाडौं,माघ,६-भारतको गुजरातमा ट्रकले किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ।गुजरात प्रहरीका अनुसार गम्भीर घाइतेमध्ये थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको हो। ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा थिए।ट्रकले किचेर १२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]