विराटनगर, कात्तिक १८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमाले विरुद्धमा दुस्प्रचार गरिरहेको आरोप लगाउनु भएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगर गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको आरोप लगाएउनु भएको हो । उहाँले कांग्रेसले दुस्प्रचारबाट एमालेलाई कुनै क्षति नहुनेसमेत जिकिर गर्नुभयो । कांग्रेसले कम्युनिष्टहरुको […]
राजनीति
निर्वाचन सफल बनाउन सेना सतर्क
काठमाडौं,कार्तिक,१८- निर्वाचनका बेला नेपाली सेनाले भारतसँग सीमा जोडिएका केही संवेदनशीन जिल्लामा बढी सतर्कता अपनाउने भएको छ । नेपाल–भारत खुल्ला सीमाको केही कमजोर पक्षको फाइदा उठाउँदै अपराधिक मनोवृत्तिका व्यक्तिहरु नेपाल पस्न सक्ने भन्दै यसमा अन्य सुरक्षा निकायसँग समन्वय गर्दै निर्वाचन सफल तुल्याउन सेनाले आफ्नो भित्री रणनीति तय गरेको छ । आजको कान्तिपुरमा खबर छ ।
कञ्चनपुरमा ७६ जनाको उम्मेद्वारी दर्ता
इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१७- आउदो मसिंर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्र र राजनैतिक दलका ७६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधि सभा तर्फ ५ जना स्वतन्त्र सहित २९ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा तर्फका ६ स्थानका लागि ४७ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकुतको कार्यालयले […]
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
काठमाडौं, कात्तिक ,१७- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभा÷प्रदेश सभा निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको थियो । दोस्रो चरणअन्तर्गत आगामी मंसिर […]
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० प्रतिशत मात्र महिला उम्मेदवार
काठमाडौं,कार्त्तीक,१७- प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा महिलाको अत्यन्तै न्यून उम्मेदवारी दिएका दलहरूले दोस्रो चरणमा पनि कम प्राथमिकतामा राखेका छन्। प्रमुख दलले पहिलो र दोस्रो चरण गरी जम्मा १० प्रतिशत मात्रै महिला उम्मेदवार उठाएका छन्। निर्वाचन हुने जम्मा एक सय ६५ क्षेत्रमा प्रतिनिधिसभाका लागि १८ महिलाको मात्रै उम्मेदवारी परेको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका […]
देउवाको श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा
काठमाडौं,कार्तिक,१७- राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन्। देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए। श्रीमती आरजु राणा देउवाले तामझामका साथ […]
शीर्ष नेताविरुद्ध बागी उम्मेदवार
काठमाडौं,कार्तिक,१७- मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलका ‘हेभिवेट’ नेताविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । सबैभन्दा ‘हेभिवेट’ बागी उम्मेदवारका रुपमा कांग्रेसका गोविन्दराज जोशी देखिएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र […]
देशैभर उल्लासपूर्ण उम्मेदवारी दर्ता, कुल १४०५ जनाको उम्मेदवारी पर्यो
काठमाण्डौ,कार्त्तीक,१६- आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको थियो । आयोगले प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाले उम्मेदवारी दर्ता गराएको जनाएको […]
प्रतिनिधिसभा निर्वाचनमा शीर्ष नेता को कहाँबाट उम्मेदवार ?
काठमाडौ,कार्त्तीक,१६- दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमको डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रिँदा एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा होमिएका छन् । २०४८ सालदेखि गृहजिल्ला डडेल्धुराबाट चुनाव जित्दै आएका देउवा ‘लोकतान्त्रिक गठबन्धन’ बाट र ओली वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । मुलुकको भावी नेतृत्व ‘झापा कि डडेल्धुरा’ भन्ने […]
शान्तिपूर्णरूपमा उम्मेदवार मनोनयनपत्र दर्ता हुँदैः निर्वाचान अायाेग
काठमाण्डाैं,कार्तिक,१६- मंसिर २१ गते दोस्रो चरणमा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सुरु भएको छ । मनोनयन दर्ता कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ । उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन […]










