डोल्पा,कार्त्तीक,१९- डोल्पामा नेकपा एमाले र माओवादी केन्द्रबीच कुटाकुट भएको छ । चुनाव प्रचारमा रहेका एमाले नेताहरुलाई माओवादी केन्द्रका स्थानीय नेता-कार्यकर्ताहरुले चिर्पट प्रहार गर्दा डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको कालिका गाँउमा युवा संघ गाउँपालिकाका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् । शनिबार बेलुका अखिल क्रान्तीकारीका जिल्ला सदस्य टक्क शाहीले युवा संघ गाउँ कमिटिका अध्यक्ष रुद्र […]
राजनीति
अख्तियारले लियो : पूर्व मूख्यसचिव क्षेत्रीसंगै दुई सचिवको बयान
काठमाडौं, कात्तिक ,१९- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधीकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग बयान लिएको छ । पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिइएको छ । अख्तियारले तीनै जनासँग ऊर्जा सचिव हुँदा गरेको निर्णयका आधारमा बयान लिएको हो । चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक […]
डडेल्धुरामा प्रधानमन्त्री देउवाले जित्छन् कि हार्छन् ? कस्तो छ माहोल ।
डडेल्धुरा,कार्त्तीक,१९- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट चुनाव लड्दैछन् । र, बहालवाला प्रधानमन्त्रीलाई चुनाव हराउन कस्सिएका छन्– वाम गठबन्धनका उम्मेदवार एवं माओवादीका युवा नेता खगराज भट्ट । प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले निर्वाचनमा पराजय भोगे भने यसबाट नेपाली कांग्रेसको मात्रै होइन, देशकै राजनीतिको शक्ति सन्तुलनमा परिवर्तन हुनेछ । तर, अझ योभन्दा […]
आयोगले बदल्यो मतदान केन्द्रको डिजाइन
काठमाडौं,कार्तिक,१९- निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ । आजको कान्तिपुरमा खबर छ ।
आज उम्मेदवारी फिर्ता लिने समय, निर्वाचन चिह्न पनि आजै प्रदान गरिदैं
काठमाडौं, कात्तिक १९- निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । आयोगले उम्मेदवारहरुविरुद्ध परेका उजुरीको छानविन गरिसकेपछि आज निर्वाचन चिह्न प्रदान गर्न लागेको हो । आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहे आजैका लागि समय दिएको छ । उम्मेदवारी फिर्ता […]
तनहँ १ बाट जोशीको उम्मेदवारी निर्वाचन आयोगद्वारा खारेज
तनहँ,कार्त्तीक,१८- तनहुँ क्षेत्र नम्बर १ बाट गोविन्दराज जोशीले दिएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। उनीविरुद्ध कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिनुभएको थियो । आज शनिबार बसेको आयोगको बैठकले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने भन्दै आयोगले जोशीको उम्मेदवारी खारेज गरेको हो। जोशीविरुद्ध उजुरी परेपछि तनुहँका […]
सरकारले व्यवस्थापिका संसद् भवनलाई नै संघीय संसद बनाउने
काठमाडौँ,कात्तिक,१८- सरकारले व्यवस्थापिका–संसद् भवनलाई नै संघीय संसद् भवन बनाउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ठूलो हल प्रतिनिधिसभा र सोही भवनको नुप्से हल राष्ट्रिय सभा बन्ने भएको हो । २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रिय सभा भवनको डिजाइनबारे अध्ययन सम्पन्न भएको र भौतिक संरचना निर्माण सुरु गर्न लागिएको संसद् सचिवालयका प्रवक्ता डा. […]
कम्यूनिष्ट गठबन्धनले एकीकृत चुनावी अभियान गर्ने
काठमाडौं,कार्तिक,१८- पार्टी एकताको लक्ष्यसहित बृहत चुनावी गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले काठमाडौं उपत्यकामा संयुक्त चुनावी अभियान गर्ने भएका छन् । आजदेखि नै संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्न लागिएको नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । महासचिव पोखरेलले चुनावमा प्रगतिशील र जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन एकीकृत अभियान सञ्चालन गर्ने बताउनुभयो । काठमाडौं […]
दलहरु घरदैलो अभियानमा, गाउँ गाउँमा चुनावी रौनक
काठमाडौं,कार्तिक,१८- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो र दोस्रो चरणमा निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै दलहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । पहिलो चरणमा हुने निर्वाचनका लागि गत ५ गते मनोनयन दर्ता गरेका क्षेत्रमा दलहरुले घरदैलो अभियान तथा भेलालाई तीव्रता दिएका छन् भने दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गरेका क्षेत्रमा पनि दलहरु प्रचारप्रसारमा जुटेका हुन् । […]
कम्युनिष्टको सरकार बनाउने दिवा सपना मात्रै हो : काँग्रेस नेता आर्चाय
बिराटनगर,कात्तिक,१८- नेपाली कांग्रेसका नेता महेश आर्चायले कम्युनिष्ट वर्चश्वको सरकार बनाउने कल्पना दिवा सपना मात्रै भएको बताउनु भएको छ । नेता आर्चायले यदि वाम गठवन्धनको नेतृत्वमा सरकार बनीहाले पनि उनीहरुले राष्ट्रपतीय प्रणाली ल्याउन खोजेमा कांग्रेसले त्यसविरुद्ध आन्दोलन गर्ने बताउनुभयो । बिराटनगरस्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता आर्चायले आगामी सरकार कम्युनिष्टहरुको बन्न नसक्ने […]










