सिर्जना बर्देवा / ओखलढुंगा ,कात्तीक,२१- आउदो प्रदेशसभा र प्रतिनिधीसभाको चुनावमा १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । फोटो सहितको मतदाता नामावलि संकलन तथा अधावधिक गरिएपछि मतदाताको संख्यामा वृद्धि भएको हो । स्थानिय तह निर्वानमा ९१ हजार ५ सय ८ जना मतदाताले आफनो मताधिकार सुरक्षित गरेका थिए । […]
राजनीति
नयाँ शक्ति पार्टी नेपाल बाँकेको चुनावी अभियान सुरु
डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- नयाँ शक्ति पार्टी नेपाल बाँकेले बृद्धबृद्धाहरुसंँग आर्शिवाद लिएर आजदेखि चुनावी अभियान सुरु गरेको छ । नेपालगन्ज स्थित रहेको निलसागर बृद्धआश्रममा रहेका ८७ बर्षीय बृद्धा रामचन्द्र खनाल र ७५ बर्षीय जुनकीरी शाहीसंग आर्शिवाद लिएर नयाँ शक्ति पार्टीले चुनावी अभियान सुरु गरेको छ । नयाँ शक्ति पार्टीले प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रत्यक्ष […]
राष्ट्रिय मानव अधिकार आयोगले नेपालगन्जमा अन्तरक्रिया गर्दै
डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले आज नेपालगन्जमा अन्तरक्रिया गर्दैछ । निर्वाचन गतिविधि, वातावरणमैत्री विकासलगायतका बिषयमा पाठक नेतृत्वको टोलीले यहाँका सञ्चारकर्मी, मानवअधिकारकर्मी, सुरक्षा निकाय तथा निर्वाचन अधिकृतहरुसँग छलफल गर्न लागेको आयोगका निर्देशक मुरारी प्रसाद खरेलले जानकारी दिनुभयो । दिउँसो १ बजे आयोगकै कार्यालयमा छुट्टाछुट्टै छलफल कार्यक्रम आयोजना गरिएको […]
नेपालगन्ज उपमहानगरपालिकाको नगरसभा फेरि अनिश्चित
डम्मर थापा मगर/ बाँके,कार्तिक,२१- भोलीका लागि तय गरिएको नेपालगन्ज उपमहानगरपालिकाको नगरसभा फेरि अनिश्चित बनेको छ । तयारी नपुगेको भन्दै मिति नै टुङ्गो नलागेर नगरसभा सारिएको हो । यसअघि भदौ २८ गतेका लागि तय गरिएको नगरसभा तयारी नपुगेको भन्दै कार्तिक २२ गते गर्ने भनेर बोर्ड बैठकले मिति टुङ्ग्याएको थियो । केही वडाहरुले वडा भेला सम्पन्न नगरेका […]
काँग्रेसलाई जिताउन काठमाण्डौंमा सक्रिय बन्दै अछामेली
अर्जुन शाह / काठमाडौ, कार्तिक,२१- आसन्न मंसिर २१ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लाई लिएर गाउँ सहरमा सबै आ-आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन लागिपरिरहेका बेला अछाममा क्षेत्र :१ र २ सङगै प्रदेश सभाका उम्मेदवारलाई जिताउन अछाममा मतदाता नामावली भएका तर विभिन्न काम कार्यका लाई राजधानी काठमाडौ बसोबास गर्ने अछामेली यो पटकको निर्वाचनमा अछामको नाम वेचेर खाने […]
एमाले र माओवादी केन्द्रबीच कुटाकुट, युवा संघका अध्यक्ष गम्भीर घाइते
डोल्पा,कार्त्तीक,१९- डोल्पामा नेकपा एमाले र माओवादी केन्द्रबीच कुटाकुट भएको छ । चुनाव प्रचारमा रहेका एमाले नेताहरुलाई माओवादी केन्द्रका स्थानीय नेता-कार्यकर्ताहरुले चिर्पट प्रहार गर्दा डोल्पा जिल्लाको मुड्केचुला गाँउपालिकाको कालिका गाँउमा युवा संघ गाउँपालिकाका अध्यक्ष रुद्र शाही गम्भीर घाइते भएका छन् । शनिबार बेलुका अखिल क्रान्तीकारीका जिल्ला सदस्य टक्क शाहीले युवा संघ गाउँ कमिटिका अध्यक्ष रुद्र […]
अख्तियारले लियो : पूर्व मूख्यसचिव क्षेत्रीसंगै दुई सचिवको बयान
काठमाडौं, कात्तिक ,१९- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधीकरणको ट्रान्स्फर्मर खरिद प्रकरणमा पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग बयान लिएको छ । पूर्व मूख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँगै सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग पनि बयान लिइएको छ । अख्तियारले तीनै जनासँग ऊर्जा सचिव हुँदा गरेको निर्णयका आधारमा बयान लिएको हो । चीनको हुवेइ सनलाइट र थाइल्यान्डको सहवन्त इलेक्ट्रिक […]
डडेल्धुरामा प्रधानमन्त्री देउवाले जित्छन् कि हार्छन् ? कस्तो छ माहोल ।
डडेल्धुरा,कार्त्तीक,१९- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट चुनाव लड्दैछन् । र, बहालवाला प्रधानमन्त्रीलाई चुनाव हराउन कस्सिएका छन्– वाम गठबन्धनका उम्मेदवार एवं माओवादीका युवा नेता खगराज भट्ट । प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले निर्वाचनमा पराजय भोगे भने यसबाट नेपाली कांग्रेसको मात्रै होइन, देशकै राजनीतिको शक्ति सन्तुलनमा परिवर्तन हुनेछ । तर, अझ योभन्दा […]
आयोगले बदल्यो मतदान केन्द्रको डिजाइन
काठमाडौं,कार्तिक,१९- निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ । आजको कान्तिपुरमा खबर छ ।
आज उम्मेदवारी फिर्ता लिने समय, निर्वाचन चिह्न पनि आजै प्रदान गरिदैं
काठमाडौं, कात्तिक १९- निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुलाई आज निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । आयोगले उम्मेदवारहरुविरुद्ध परेका उजुरीको छानविन गरिसकेपछि आज निर्वाचन चिह्न प्रदान गर्न लागेको हो । आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहे आजैका लागि समय दिएको छ । उम्मेदवारी फिर्ता […]










