काठमाडौं,जेठ,१३-काठमाडौं महानगरपालिकाले सडक डिभिजन मिनभवन काठमाण्डौं कार्यालयको गेटमा उपहार स्वरुप फोहोर फालिए दिएको छ। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाउनु भएको थियो। महानगरले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएको थियो । विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड […]
राजनीति
सन्दीप लामिछाने निर्दोष सावित, विश्वकप खेल्न जाने
काठमाडौं,जेठ,२-नेपाली क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्। आज बुधबार पाटन उच्च अदालतले सन्दीपलाई निर्दोष सावित गर्दै सफाइ दिएको हो।उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासले काठमाडौ जिल्ला अदालतको फैसला बदर गर्दै सन्दीपलाई निर्दोष ठहर गरेको हो। उच्च अदालतको यो फैसलासँगै सन्दीप फेरि क्रिकेटमा फर्किने बाटो खुलेको छ।गत पुष १३ […]
आज राप्रपा नेपालले विरोध प्रदर्शन गर्ने
काठमाडौं,चैत,१-राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गर्ने भएको छ। बिहीबार राप्रपाले भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टचारीलाई कानूनको कठघरामा उभ्याउन मागसहित आन्दोलन गर्न लागेको हो। आन्दोलनको कार्यक्रम भद्रकाली परिसरमा मध्यान्ह १२ बजेबाट शुरु हुनेछ।कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको पनि उपस्थिति हुने जनाइएको छ।ईमेजखबरबाट
एमाले धादिङको अधिवेशनमा कुटाकुट,एकजनाको हातै भाच्चीयो
काठमाडौं,माघ,२१-नेकपा एमाले जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ।कुटाकुटबाट पार्टीका एक जना कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ। जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको हो।त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हात हालाहाल भएको थियो। एमाले धादिङ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको […]
नेपाल र भारत सरकारबीच विद्युत व्यापार सम्झौतामा हस्ताक्षर
काठमाडौं,पुल,१९-नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ।बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गरेको हो। प्रधानमन्त्री पुष्पकमल […]
कोरिया रोजाइको श्रम गन्तव्य, प्रभावकारी सहजीरकण नहुँदा बारम्बार समस्या
काठमाडौं,पुष,१८-सन् २००८ मा सरकारी तवरमा श्रम सम्झौता भएसँगै नेपालीहरुका लागि कोरिया वैदेशिक रोजगारीका लागि महत्वपूर्ण गन्तव्य बन्दै आएको छ। मुलुकमा रोजगारी नपाएका युवाका लागि दुःख भएपनि आकर्षक तलवका कारण कोरिया प्रमुख रोजाइमा पर्ने गरेको हो।यसैका लागि फारम भर्ने विषयमा गत शुक्रबार झडप हुँदा अनाहकमा निर्दोष दुई युवाको ज्यान गयो।यसको मूल जड के थियो त ? […]
पर्यटनमन्त्री सुदन किराँतीलाई बर्खास्तको माग गर्दै पशुपतिक्षेत्रमा विरोध प्रदर्शन
काठमाडौं,पुस,५-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन्। बिहीबार उनीहरुले बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन्। विरोध प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस […]
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन : अध्यक्ष ओली
काठमाडौं,मंसिर,२५-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ। सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताउनुभएको हो।उहाँले देश विकास र दिगो रक्षाको लागि देशभक्त, […]
रुसी सेनामा दुई सय नेपाली रहेको जानकारी आएको छ : प्रधानमन्त्री दाहाल
काठमाडौं,मंसिर,२५-प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या दुई सय रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ। सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो।उहाँले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपालीहरु रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरुको […]
भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं,मंसिर,१७-गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताउनुभयो। गृहमन्त्री श्रेष्ठलेले सङ्कल्प र प्रतिबद्घता गरेर मात्रै नभई […]