काठमाडौं,मंसिर,१०-हमास लडाकु समुहले पछिल्लो दुई दिनमा ४१ जना बन्धक रिहा गरेको छ। इजरायल र हमासबिचको चार दिने युद्धविराम सुरु भएसँगै हमासले बन्धक रिहा गरेको हो।बदलामा इजरायलले पनि आफ्नो देशका कारागारमा रहेका प्यालेस्टाइनी बन्दीहरु छाडेको छ। अमेरिकी समाचार संस्था सि.एन.एन.का अनुसार हमास लडाकुले शनिबार १३ जना इजरायली तथा चार जना थाइ नागरिकलाई रिहा गरेको छ। शुक्रवार […]
राजनीति
नेपाल संवत् को अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीबाट शुभकामना सन्देश
काठमाडौं,कात्तीक,२७-राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४ का अवसरमा देश विदेशमा रहनु भएका नेपालीहरूप्रति शुभकामना व्यक्त गर्नु भएको छ। उहाँले सन्देशमा ‘नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका साथ नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। यसैगरि नेपाल संवत् ११४४ […]
चीन भ्रमण आशा गरेभन्दा बढि सफल भयो : प्रधानमन्त्री दाहाल
काठमाडौं,असोज,१०-प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि सफल भएको दाबी गर्नुभएको छ। तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सोचेभन्दा सफल भएको दाबी गर्नुभएको हो। चीनका राष्ट्रपति सी चिनफिङ र […]
आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि
काठमाडौं,असोज,५-आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।तर, राहत शिक्षकहरुले भने सहमतिप्रति असन्तुष्टि जनाएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षकहरुले उठाएका माग सम्बोधन गर्ने सहमति भएको जानकारी दिनुभयो।उहाँले संसदको प्रक्रियालाई मान्दै शिक्षकहरुले उठाएका माग […]
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” अमेरिका प्रस्थान
काठमाडौं,भदौ,३०-प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गर्नुभएको छ।शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो।संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन उहाँ न्युयोर्क प्रस्थान गर्नुभएको हो। उहाँले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न विमानस्थलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, कूटनीतिक नियोगका अधिकारीहरु लगायत अन्य मन्त्रीहरूको […]
संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन
काठमाडौं,भाद्र,२६-संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए। परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिनु भएको थियो।उहाँलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो। अस्पताल […]
प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा तय भइसकेको छैन : परराष्ट्रमन्त्री साउद
काठमाडौं,भदौ,२१-परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका एजेन्डा तय भइनसकको बताउनु भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बिहान बसेको बैठकमा बोल्दै परराष्ट्रमन्त्री साउदले भ्रमणको ठूलो सूची बनाउने भन्दा पनि कार्यान्वयनमा जानसक्ने कामका प्रस्तावलाई प्राथमिकता दिने र अहिले कुनै एजेन्डा फाइनल स्टेजमा नपुगेको बतउनु भएको छ। मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा सबै मन्त्रालयका सचिवहरूलाई […]
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा
काठमाडौं,भाद्र,२१-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ। लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा परेको थियो।उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ।यही भदौ १० गते सो मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।त्यसपछि अदालतले आज […]
इतिहासले नै सम्झिनेगरी कामहरु अघि बढाएको छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं,भदौ,१४-प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी शाहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गर्नुभएको छ। शनिवार पार्टी केन्द्रिय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँले यस्तो बताउनुभएको हो।उहाँले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभुति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य […]
माओवादीको विशेष रुपान्तरण अभियान शनिबारदेखि सुरु, २५ लाख मतदातासँग भेट्ने
काठमाडौं,भदौ,१५-नेकपा(माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबारदेखि सुरु गर्ने भएको छ। माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ सुरु गर्ने भएको हो। शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिबार बिहान ९ […]