काठमाडौं,आषाढ,२०-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्मालाई लज्जाबोध हुँदैन भन्दै प्रश्न गर्नुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले दुनियाँले प्रश्न उठाउँदा पनि जेठ १४ गतेको फुटेज डिलिट गरेर कानूनको खिल्ली उडाएको बताउनुभएको छ । ‘दुनियाँले आवाज उठाएको छ, फुटेज डिलिट गरिएको छ, यो भन्दा बलमिच्याँइ के हुन्छ ?’ […]
राजनीति
जनता समाजवादीले ३ जना मन्त्री फेर्दै
काठमाडौं,आषाढ,२०-जनता समाजवादी पार्टी (जसपा) ले नयाँ मन्त्रीमा तीन जनाको नाम सिफारिस गरेको छ । जसपाले केही दिनअघि नै सरकारमा सहभागी मन्त्रीहरू फिर्ता गर्ने निर्णय गरेको थियो।हाल रहेका चार जना मन्त्रीमध्ये राजेन्द्र श्रेष्ठको मन्त्रालय फेरेर कायमै राख्ने र तीन जना नयाँ नाम सिफारिस गरेको हो । नयाँ मन्त्रीहरूमा इस्तियाक राइलाई भौतिक पूर्वाधार मन्त्री, मृगेन्द्रकुमार सिंहलाई कृषि […]
रोहिंग्या मुस्लिमलाई देश निकाला गर्न माग राख्दै वीरगंजमा प्रदर्शन
वीरगंज,आषाढ,२०-विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा वीरगंजमा विरोध प्रदर्शन गरिएको छ। रोहिंग्या मुस्लिमलाई नेपाल प्रवेश गराउने एवं शरण दिने विरुद्ध आइतवार बेलुका ४ बजे आयोजित उक्त विरोध र्याली माईस्थानबाट शुरु भई दुई नम्बर रोड, मिना बजार हुदै घण्टाघरमा गई कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागी युवाहरुले रोहिंग्या मुस्लिमलाई देश निकाला गर, […]
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, ओलीले सम्बोधन गर्ने
काठमाडौं,आषाढ,२०-संघीय संसदका दुवै सदनको बैठक आज (सोमबार) बस्ने भएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संघीय सचिवालयले जनाएको छ।बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने भएका छन्।बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ। राष्ट्रिय सभामा उत्पति भएका औषधि तेस्रो संशोधन […]
प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू निजगढ विमानस्थलको निरीक्षणमा
काठमाडौं,असार,१८-प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरू बाराको निजगढमा निर्माणाधीन अवस्थामा रहेको अन्तरराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको निरीक्षणमा पुगेका छन् । उनीहरू शनिवार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत त्यहाँ पुगेका हुन् । टोलीमा प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत छन् । […]
रविको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं,असार,१७-रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। शुक्रबार दल गर्दा गर्दै आयोगले प्रमाणपत्र समेत दिएको छ । उनीहरुले चुनाव चिन्ह गोलाकार भित्रको घन्टी पाएका छन् । दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी दर्ता भएको बताउनुभयो ।उहाँले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएको सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको […]
राष्ट्रिय सभाबाट तीन विधेयक पारित
काठमाडौं,असार,१७-राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ ।राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । त्यस्तै, […]
आज मन्त्रिपरिषद् बैठक बस्दै,मन्त्री हेरफेर गर्ने जसपाको तयारी
काठमाडौं,असार,१४-प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो।तर, मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले […]
सभामुख अग्नी सापकोटा अजरबैजान प्रस्थान
काठमाडौं,असार,१४-सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गर्नुभएको छ । अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ।सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय […]
वामदेव गौतमको पार्टीमा छोरा र श्रीमती पनि केन्द्रीय सदस्य(सूचीसहित)
काठमाडौँ,असार,१४-वामदेव गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान पार्टी गठन हुदैछ।पार्टीको केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् । वामदेव गौतमले आफ्नो पार्टीमा छोरा र श्रीमतीलाई समेत केन्द्रीय सदस्य राखेका छन् । जसमा गौतमपत्नी तुल्सी तुलसा थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय समिति सदस्यको सूचीअनुसार प्रतिनिधिसभा सदस्य […]


