काठमाडौं,बैशाख,२०-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुबै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताउनुभएको छ । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई पत्तासाफ गर्ने दाबी गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गर्नुभयो । […]
राजनीति
निर्वाचन आयोगले शशांक कोइरालालाई सचेत गरायो
काठमाडौं,बैशाख,२०-निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई सचेत गराएको छ । निर्वाचन आचारसंहिताभन्दा तोकिएको रकम खर्च गरिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएका कोइरालालाई आगामी दिनमा यस्ता अभिव्यक्त नदिन आयोगले सचेत गराएको हो । सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिताको मूल आस्थामा प्रभाव पर्ने गतिविधि नगर्न त्यस्ता अभिव्यक्ति अबको दिन नदिन सचेत गराएको जानकारी गरायो […]
केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं,बैशाख,२०-काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा यौन दुव्र्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । बैशाख १५ गते काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रश्नकर्ताले सोधेको प्रश्नमा स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति […]
भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश
काठमाडौं,बैशाख,२०-कलाकारहरू भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्नु भएको हो । पार्टीमा प्रवेश गराउनु हुँदै प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिनु भएको थियो । स्थानीय तहको निर्वाचन […]
देशभर आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता
काठमाडौं,बैशाख,१७-निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिनुभभयो । उहाँले अहिले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेर सकिएको बताउनुभयो । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको […]
एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्वाचित भइसके : अध्यक्ष नेपाल
काठमाडौं,बैशाख,१६-सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल […]
आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै
काठमाडौं,बैशाख,१५-निर्वाचन आयोगले आज बिहीबार स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको छ । यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नाममा परेका दाबी विरोध तथा उजुरीको जाँचबुझ गरी बिहीबार साँझ अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था […]
निर्वाचनका लागि डेढ लाख बढीको उम्मेदवारी दर्ता
काठमाडौं,बैशाख,१४-स्थानीय निर्वाचनका लागि डेढ लाख भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।केही स्थानको उम्मेदवारीको विवरण आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । मुख्य पदमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । मंगलबार रातिसम्मको तथ्यांक अनुसार ७ सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि १ लाख ५० हजार ४ सय ९४ […]
३५ हजार २ सय २१ पदमा १ लाख १८ हजार जनाको उम्मेदवारी
काठमाडौं,बैशाख,१३-स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार गरी देशभरका ७५३ वटै पालिकामा उम्मेदवारी दर्ता गरिएको छ। सोमबार राति १ बजेसम्मको तथ्यांकअनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि १ लाख १८ हजारभन्दा बढी जनाले उम्मेदवारी दिएका छन्। देशभरका पालिकामा गरी ३५ हजार २ सय २१ पदका लागि उक्त संख्यामा उम्मेदवार बनेका हुन्। निर्वाचन आयोगका […]
चुनावमा जनताको सक्रियता उत्साहजनक, कठघरामा उम्मेदवार
काठमाडौं,बैशाख,१२-३६४ दिन नेता र राजनीतिक दललाई धारेहात लगाए पनि चुनावी प्रक्रियामा भने नेपाली जनताको सक्रियता उत्साहजनक देखिने गरेको छ । सुगम शहरी इलाका मात्र होइन, अत्यन्त दुर्गम ठाउँमा पनि मतदाताको उत्साह र जोश हेर्नलायक हुन्छ । स्थानीय निकायका उम्मेदवार मनोनयन क्रममा देखिएको बाक्लो उपस्थितिलाई त्यसैको पछिल्लो कडी मान्न सकिन्छ । वैशाखको खपिनसक्नु चर्को घाम तर […]


