इन्द्र कार्की /महेन्द्रनगर,मंसिर,०७ मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कञ्चननपुरमा मतपत्र सहित निर्वाचन सम्वन्धि समाग्रीहरु आईपुगेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार मतपत्र सहित निर्वाचन समाग्री राख्ने र मिलाउने काम सुरु गरिएको छ । कार्यालयमा निर्वाचन समाग्रीहरु आए पछि विदाको दिनमा समेत विहान देखि साँझ सम्म कर्मचारीहरुलाई […]
समाचार
वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने
काठमाडाै,मंसिर,७- वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्। कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसलाई […]
संविधान संशोधन राजपाको मुख्य कार्यसूची
काठमाडौँ,मंसिर,७- संविधान संशोधनलाई नै मुख्य कार्यसूची बनाएर राष्ट्रिय जनता पार्टी नेपाल राजपाले घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।मधेसको मुद्दा सम्बोधन नगरेसम्म देशले स्थायित्व पाउन नसक्ने भन्दै राजपाले पहिलो चरणको निर्वाचनको तीन दिनअघि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरण अन्तर्गत देशका ३२ जिल्लामा मङ्सिर १० गते मतदान हुँदैछ । […]
पहिलो चरण चुनावको आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदै
काठमाडौँ,मंसिर,७- पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते आज (बिहीबार) राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुँदैछ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै […]
सर्वोच्च शिखर सगरमाथाको उचाइ फागुनमा नापिने
काठमाडाै,मंसिर,७- सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको छ । त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने नापी विभागले जनाएको छ । मंसीर २५ र २६ गते काठमाडौंमा सगरमाथा उचाइ मापन सन्दर्भमा अन्तराष्ट्रिय गोष्ठीको आयोजनासमेत गरिएको छ ।सोलुखुम्बुका १२ वटा स्थानमध्ये ८ वटा स्थान पहिले पनि मापनका लागि प्रयोग […]
बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश
काठमाडौं, मंसिर ७- स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।बुधबार राती ईटालीमा भएको खेलमा बार्सिलोनाले युभेन्टससँग गोलरहित बराबरी खेल्यो । यो बराबरीपछि बार्सिलोनाको ५ खेलबाट ११ अंक भएको छ । ८ अंक जोडेको युभेन्टस्ले भने अर्को राती नै भएको खेलमा ओलम्पियाकोसलाई पोर्चुगलको स्पोर्टिङले […]
लोकतान्त्रिक गठबन्धनको धमाधम प्रचार प्रसार कार्यालय सञ्चालनमा
नेपालगञ्ज,मंसिर,६- नेपाली काँगे्रस र राप्रपा सम्मलीत लोकतान्त्रिक गठवन्धनले प्रतिनीधी सभा र प्रदेश सभाको २१ गतेको निर्वाचनलाई लक्षित गर्दै नेपालगञ्जमा धमाधम सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । आज बुधबार मात्र नगर क्षेत्रमा ३ वटा वडामा प्रचार प्रसार कार्यालय सञ्चालनमा ल्यायो । नेपालगञ्ज वडा न ५, वडा न ६ र वडा न १८ मा प्रचार प्रसार सम्पर्क […]
वामपन्थीले जिते नेपाल दक्षिण एसियाकै नमुना बन्छः महासचिव पोखरेल
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,६- नेकपा एमालेका महासचिव ईश्वर पाखरेलले वामपन्थीले बहुमतको सरकार बनाए आगामी पाँच वर्षपछि नेपाल दक्षिण एसियाकै नमुना देश बनाउने दावी गर्नुभएको छ । बुधबार वाम गठबन्धनका बृहद चुनावी सभालाई मानेभञ्ज्यांग ओखलढुगामा सम्बोधन गर्दै महासचिव पोखरेलले सामाजिक न्यायसहितका समतामुलक समाज निर्माण गर्ने, सबै नागरिकलाई निशुल्क शिक्षा, जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका […]
ओखलढुंगामा बामका कार्यकर्ता चढेको ट्याक्टर दुर्घटना
सिर्जना बर्देवा/ ओखलढुंगा मंसिर,६- ओखलढुंगाको मानेभन्ञ्ज्याङ गाउपालिमा ट्याक्टर दुर्घना हुदाँ ८ जना घाईते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भिर छ । बाम गठबन्धनको चुनावी सभाका लागी कार्यकर्ता लिएर आउदै गरेको ना ५ त ३८२० नम्बरको ट्याक्टर मनेभञ्ज्याङ गाउपालिका ५ बलेथानमा दुर्घनामा परेको हो । दुर्घटनामा परि मनेभञ्ज्याङ गाउपालिका ३ उबुका तुलाराज राई, […]
बाम गठबन्धनकाले दिने झुठा आश्वाशनलाई बिश्वास नगर्न प्रदेशसभा उम्मेदवार खड्काको जोड
पुष्प कुवर/ अछाम,मसिर,५- नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ क प्रदेश सभाका उम्मेद्धार मेघराज खड्काले जनताले आफ्ना स्वबिबेक प्रयोग गरेर नेपाली काग्रेसलाई जिताउन आग्रह गर्नु भएको छ । साफेबगर नगरपालिका वर्डा नम्बर ५ नवाठानामा आयोजित चुनाबि आमसभालाई सम्बोधन गर्दे पुर्ब जिल्ला पार्टी सभापति खड्काले बाम गठबन्धनका उम्मेद्धारहरुले दिने गरेका झुठा आश्वाशनलाई मतदाताहरुले राम्रोसग बुझिसकेकाले काग्रेसको […]









