सोलुखुम्बु,असार १५- सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका रमेशकुमार बस्नेत प्यानलसहित विजयी भएका हुन्।
समाज
स्थानीय तह निर्वाचन दोस्रो तहको मतगणना अपडेट
काठमाण्डौ,असार,१५- रोल्पाको माडी गाउँपालिका वडानम्बर १ मा माओवादी अध्यक्षका उम्मेदवार आमबहादुर घर्ती नेतृत्वको प्यानल विजयी भएको छ । यस्तै प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मा एमालेका कुलबहादुर रोकाको प्यानल बिजयी भएको हो । रोकाको ४९३ मत, निकटतम प्रतिद्वन्द्वी माओवादीको ३०३ मत रहेको थियो । यसैविच नवलपरासीको बर्दघाट नगरपालिका १ मा एमालेका अध्यक्ष पदका उम्मेदवार […]
दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न
काठमाडौं, असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आज प्रदेश नम्बर–१, ५ र ७ मा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।समग्रमा ७०.५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान निर्वाचन आयोगले गरेको छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत […]
मतदान स्थलमा काँग्रेस उम्मेदवार
बँके,असार,१४ – नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाको उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डा. सुरेश कुमार कानोडियाले आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरीयन पुरुवामा पुगी मतदान गर्नुभएको छ । भने उपमेयरका उम्मेदवार उमा थापमगरले वडा नम्बर १ धम्बोजी उच्च माविमा विहानै ७ बजे नै मतदान गर्नुभएको छ । मेयर र उपमेयरका उम्मेदवारहरुले मतदान गरिसकेपछि नगरका सबै […]
लामो समय पछि मतदान गर्न पाउदा बर्दियाका मतदाताहरु निकै खुशि
डम्मर थापा मगर, बर्दिया,,असार,१४- स्थानिय तहको निर्वाचन देशका बिभिन्न स्थानमा निर्वाचन भएसंगै आज मतदाताहरुले बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ७ मा मतदान गरिरहेका छन् । लामो समयको प्रतिक्षा पछि भएको निर्वाचनमा मतदान गर्न पाउदा मतदाताहरु निकै खुशि देखिएका छन । आफुले आफ्नो ठाउ र आफ्नो प्रदेश को बिकास का लागी सहि उम्मेदवार चुन्न पाउदा र […]
बन्दले पर्साको जनजीवन प्रभावित
वीरगञ्ज,असार,१४- राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पर्साका वीरगञ्जलगायत यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। आन्दोलनकारीले बिहानैदेखि विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घण्टाघर, माइस्थान, मुर्ली, बसपार्क, नगवा, गण्डकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन्। बन्दका कारण विद्यालय नखुल्दा पठनपाठन अवरुद्ध […]
बुटवलमा बम पड्काएर मतदाता तर्साउने काम
बुटवल,असार,१४- बुटवलमा मध्यरातमा बम पड्काइएको छ । अज्ञात समूहले बुटवलका केहि स्थानमा बम पड्काएर मतदाता तर्साउने काम गरेको हो । तर निर्वाचनका बेला छिटफुट यस्ता घटना घट्न सक्ने भन्दै रुपन्देही प्रहरीले भने थप सुरक्षा सतर्कता अपनाएको छ । खास क्षति नभएपनि आज असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई बिथोल्ने हेतुले बम आतंक सिर्जना गरिएको […]
१०३ बर्षिय वृद्धद्धारा भोट खस्यो
अछाम,असार,१४- अछामको मंगलसेन नगरपालिका वडा नम्बर १२ मा एकसय ३ वर्षिया वृद्धाले भोट खसाल्नु भएको छ । कोकिला आधारभूत विद्यालय, चिउरी केन्द्रमा आज बिहान पहिलो भोट एकसय ३ वर्षिया पल्चुकुमारी शाहीले आफन्तको सहयोगमा भोट खसाल्नु भएको उहाँका भतिजा हिक्मत शाहीले जानकारी दिनुभएको छ ।
बिराटनगरका मतदान केन्द्रमा पूर्वमन्त्रीको भीड, कुन नेता कहाँ
बिराटनगर,असार,१४- मोरङलाई नेतै नेताहरुको जिल्लाभन्दा पनि फरक पर्दैन । आज बिराटनगर महानगरपालिका र मोरङ जिल्लाका अन्य स्थानीय तहका मतदान केन्द्रमा हेर्दा मोरङलाई बढी जनघनत्व भएको जिल्लामात्रै होइन, धेरै नेता भएको जिल्ला भने पनि हुन्छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट मोरङमा ८२९ जनप्रतिनिधि निर्वाचित हुँदैछन् । एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिकासहित मोरङमा १७ […]
अपडेट: प्युठानमा एमाले र जनमोर्चाको झडपका कारण मतदानमा ढिलाइ
काठमाडौं,असार,१४- दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज प्रदेश नम्बर १, ५ र ७ मा मतदान सुरु भएको छ। विहान ७ बजेदेखि धेरैजसो मतदान केन्द्रमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिकाको जनता प्रावि मतदान केन्द्रमा भने नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप भएपछि मतदान सुरु हुन सकेको छैन। दुई पक्षबीच […]