काठमाडौं,जेठ,३-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । तीमध्ये २२४ पुरुष र ५४ जना महिला हुन् ।शनिबारमात्रै अहिलेसम्म ११ जनामा संक्रमण देखिएको छ । पछिल्लोपटक महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुष थपिएसँगै संक्रमित २७८ पुगेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार बोल्दै प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये सबैभन्दा […]
स्वास्थ्य
सुत्केरी महिलाको निधन, कोरोनाको कारण मृत्यु भएको आशंकामा धुलीखेल अस्पताल सिल
काठमाण्डौं,जेष्ठ,३-धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएको छ । उपचारका लागि लगिएकी एक महिलाको निधन भएपछि अहिले अस्पताल नै ‘सिल’ गरिएको छ। ९ दिनकी सुत्केरी ती महिलाको कोरोना परीक्षण रिपोर्ट शंकास्पद आएपछि अहिले अस्पताल नै सिल गरिएको हो।स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको अस्पतालको भेनि्टलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। महिलाको […]
नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो
काठमाडौं,जेठ,३-नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या २७६ पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा कपिलबस्तुमा थप तीन जनालाई संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था भने सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षण अनुसार कपिलवस्तु, […]
जापानमा १६,९३६ संक्रमीत पुग्दा, ११,४६० जना निको भए, ७,४२ को मृत्यु
जापान,जेष्ठ,३-जापानमा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) बाट १६ हजार ९ सय ३६ जना संक्रमीत भएका छन् । संक्रमीत भएका मध्य ११ हजार ४ सय ६० जना निको भईसकेका छन् । पछिल्लो समय निको हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । संक्रमण हुनेको संख्या अहिले घट्दै गएको छ ।गएको २४ घण्टामा अर्थात शनिबार बिहान सम्म थप नयाॅं […]
नेपालमा फेरी ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ५८ पुग्यो
काठमाडौं,जेष्ठ,२-कोरोना संक्रमित थप नौ जना थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमित २ सय ५८ पुगेका छन् । संक्रमितमध्ये मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनपुर-१,३ र ५ निवासी […]
जापानमा कोरोना लागेका १०,५१९ जना निको भए, १६,७८९ संक्रमित
जापान,जेठ,१-जापानमा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य १० हजार ५ सय १९ जना निको भएका छन् । पछिल्लो समय निको हुनेको संख्या बढिरहेको छ । केहि समय अगाडी २ सय देखि ६ सयको हाराहारीमा दिनैपिच्छे संक्रमण देखिने गरेकोमा त्यो अहिले घट्दै गएको छ ।बुधबार देखि बिहिबार बिहान सम्म थप नयाॅं ५३ जनामा संक्रमण देखिएको […]
नेपालमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो
काठमाडौं,जेठ,१-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो। सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ […]
नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो
काठमाडौं,बैशाख,३१-नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।बुधबार नयाँ थपिएका संक्रमितमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित बुधबार २६ जना नयाँ संक्रमित फेला परेका हुन् । नयाँ थपिएकाहरुमा १२ जना रुपन्देहीका छन् । जसमा ९ पुरुष र ३ जना महिला छन् । यसैगरी कपिलवस्तुका ८ जना पुरुष, पर्साका दुई पुरुष […]
नेपालमा नयाॅं २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौं,बैशाख,३१-नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । नयाँ थप भएका संक्रमितमा २६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार एकै दिन ८३ जनामा संक्रमण फेला परेको हो । नयाँ थपिएकाहरुमा पर्सा जिल्लाका १८ जना छन् । जसमा ६ जना महिला छन् भने १२ जना पुरुष रहेका छन् । यसैगरी नयाँ थपिएका […]
एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द
काठमाडौं,वैशाख,३०-कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । यस्तै, कुनै जिल्लाबाट काठमाडौं कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृत लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो […]