काठमाडौं,जेठ,५-नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो । सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ पुरुष, […]
स्वास्थ्य
नेपालमा कोरोना संक्रमितको संख्या तीन सय नाघ्यो
काठमाडौं,जेठ,५-कोरोना भाइरसबाट थप नौ जना संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या ३ सय ४ पुगेको । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिका- २,३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुषहरु संक्रमित छन् । त्यस्तै रौटहट माधवनारायाण नगरपालिका ३ निवासी २८ वर्षी महिला र […]
लकडाउन जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं,जेठ,४-सरकारले जेठ २० गतेसम्म लकडाउन अर्थात् बन्दाबन्दी थप्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ५ गतेसम्म जारी बन्दाबनदीलाई अरु १५ दिन थपेर २० गतेसम्म लम्ब्याएको हो । लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निष्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरिएको हो ।बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय […]
नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु, मृत्यु हुनेमा बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका युवक
बाॅंके,जेठ,४-नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २४ वर्षिय युवाको मृत्यु भएको थियो ।उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतार बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थय कार्यालय […]
नेपालमा लकडाउनको ५५ औं दिन : निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने
काठमाण्डौ,जेठ,४-नेपालमा लगाईएको लकडाउनको आईतबार ५५ औं दिन पुरा भएको छ।कोरोना भाईरसको रोकथामका लागि सरकारले पटक पटक म्याद थपिरहेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिदै छ । लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ । नेपालमा दिनप्रतीदिन कोरोना संक्रमण बढ्ने क्रम जारी रहेकोले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको […]
बाँके नरैनापुरको क्वारेन्टाइनमा एक युवकको मृत्यु
बाँके,जेठ,४-बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज(आइतबार) मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित बनेका छन् । कोरोना परीक्षणका लागि मृतक […]
नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या २९१ पुग्यो
काठमाडौं,जेठ,४-नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार बिहान ७:१५बजे विज्ञप्ति जारी गर्दै रौतहटमा १० जना कोरोना संक्रमित देखिएको जानकारी दिएको हो। मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएका ती १० संक्रमितमा रौतहट राजापुर नगरपालिका(९ फरहदवाका […]
कोरोनाका कारण विश्वभर ९६ नेपालीको मृत्यु, ७०६२ व्यक्ति संक्रमित
काठमाडौं,जेठ,४-कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो । बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेमा १५ जना नेपाली […]
जापानमा एकैदिन १९ जनाको मृत्यु, थप ५६ जना संक्रमित थपिए
जापान,जेष्ठ,४-जापानमा अहिले सम्म कोरोना भाइरस (कोभिड–१९) बाट १६ हजार ९ सय ९२ जना संक्रमीत पुगेका छन् । संक्रमीत भएका मध्य ११ हजार ८ सय ४ जना निको भईसकेका छन् । गएको २४ घण्टामा अर्थात आईतबार बिहान सम्म थप नयाॅं ५६ जनामा संक्रमण देखिएको थियो, भने ३ सय ४४ जना निको भएर घर फर्केका थिए । हाल सम्म […]
नेपालमा पहिलोपटक कोरोना लागेर १ व्यक्तिको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि
काठमाडौं,जेठ,३-कोरोना भाईरसको संक्रमणबाट नेपालमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ ।धुलिखेल अस्पतालमा उपचाररत् २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वैशाख २३ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा […]