नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं,बैशाख,३०-नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो […]

रोल्पामा कोरोना परीक्षण गर्ने किट नभएपछि ७ हजार बढी जाॅंच नगरि घर पठाईयो

रोल्पा,बैशाख,३०-रोल्पा जिल्लामा स्वास्थ्य जाॅंत नगरी साढे ७ हजार जनालाई घर पठाईएको छ।रोल्पाका विभिन्न क्वारेन्टिनमा राखिएका व्यक्तिलाई स्वास्थ्य परीक्षण नै नगरी धमाधम घर पठाइएको हो । अहिलेसम्म त्यस्ता ७ हजार ७ सय २१ सर्वसाधारणलाई कोरोनाको परीक्षण नै नगरी घर पठाइसकिएकाे छ। कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं […]

आज विश्व नर्सिङ दिवस : मन्त्री ढकालको स्वास्थ्यकर्मी लाई शुभकामना

काठमाडौं,बैशाख,३०-आज विश्व नर्सिङ दिवस । कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन हुँदा यस वर्ष औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । दिवसका अवसरमा स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको महामारीका कारण आक्रान्त बनिरहेका बेला अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका सम्पूर्ण नर्स, चिकित्सक तथा स्वाथ्यकर्मीलाई शुभकामना दिनुभयो । मन्त्री ढकालले आफू जोखिममा रहेर स्वाथ्य सेवामा खटिएका सम्पूर्ण स्वाथ्यमकर्मीलाई […]

जापानमा एकैदिन २,३८७ जना निको भए, १६,५३७ जना संक्रमित

जापान,बैशाख,२९-जापानमा सोमबार  बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य एकैदिन २ हजार ३ सय ८७ निको भएका छन् । यो संगै निको हुनेको संख्या ८ हजार ९ सय ४४ जना पुगेको हो । अघिल्ला दिनको तुलनामा संक्रमण धेरै घटेको छ।नयाँ ७० जनामा संक्रमण देखिएको छ ।यो संगै संक्रमित हुनेको संख्या १६ हजार ५ सय ३७ जना पुगेको छ। अहिले […]

नेपालमा एकैदिन १० जनामा संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं,बैशाख,२९-नेपालमा सोमबार बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीले जानकारी दिनुभयो । उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि गाउँपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ […]

नेपालमा लकडाउनको ४८ औं दिन पुरा, बन्दमा पनी ११० जना संक्रमीत पुगे

काठमाण्डौं,बैशाख,२८-विश्वव्यापी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस संक्रमण फैलीन नदिन नेपालमा सरकाले बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ औं दिन पुरा भएको छ । यसैबिच बन्दमा गरिएको परीक्षणमा ११० जनामा संक्रमण देखिएको छ भने २८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या […]

जापानमा १६,४६७ जना संक्रमीत, ६३७ को मृत्यु ६,५५७ निको भए

जापान,बैशाख,२८-जापानमा आईतबार  बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ ११३ जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ४ सय ६७ जना पुगेको छ।अहिले सम्म ६ हजार ५ सय ५७ जना निको भएका छन् ।६ सय ३७ जनाको मृत्यु भएको छ । एकै दिन १८ जनाको निधन भए संगै मृतकको संख्या ६३७ पुगेको हो । […]

जापानमा १६,३५४ जना संक्रमीत, ६१९ को मृत्यु, ६,५५७ जना निको भए

जापान,बैशाख,२७-जापानमा शनीबार  बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ ८९ जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ३ सय ५४ जना पुगेको छ।अहिले सम्म ६ हजार ५ सय ५७ जना निको भएका छन् ।६ सय १९ जनाको मृत्यु भएको छ । एकै दिन १६ जनाको निधन भए संगै मृतकको संख्या ६१९ पुगेको हो । […]

लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं,बैशाख,२४-सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो । अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो ।मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ […]

जापानमा १६,०६८ संक्रमीत,५२,३८ जना निको भए, ५७९ को मृत्यु

जापान,बैशाख,२४-जापानमा बुधबार  बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ १२० जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ६८ जना पुगेको छ।अहिले सम्म ५ हजार २ सय ३८ जना निको भएका छन् ।५ सय ७९ जनाको मृत्यु भएको छ । एकै दिन १० जनाको निधन भए संगै मृतकको संख्या ५७९ पुगेको हो । बुधबार बिहान […]