नेपालमा एकैदिन १० जनामा संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं,बैशाख,२९-नेपालमा सोमबार बिहानै १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरमणि अधिकारीले जानकारी दिनुभयो ।

उनीहरु कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि गाउँपालिका-७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र १ जना उमेर नखुलेका पुरुष छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय २० पुगेको छ । हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको मन्त्रालयले जनाएको छ ।