दुई दिनभित्र वुहानमा रहेका नेपालीलाई ल्याइँदै

काठमाडौं,माघ,२७-सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल […]

कोरोना भाइरस- चीनमा मृत्यु हुनेको संख्या ६ सय ३६ पुग्यो

बेइजिङ ,माघ,२४-  कोरोनामा भाइरस बारे विश्वलाई चेतावनी दिने पहिलो चिकित्सक समूह मध्येका एक चिकित्सकको उक्त भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । ३४ बर्षिय चिकित्सक लि वेनलियाङको उहान शहरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीले एक भिडियो सन्देश मार्फत पहिलो पटक यो भाइरसको विषयमा जानकारी दिएर विश्वलाई सचेत रहन चेतावनी दिनुभएको थियो ।यसैबीच चिनिया […]

चीनबाट नेपाली विद्यार्थी स्वदेश फर्काउने तयारी- १५ दिन ‘क्वारेन्टइन’मा राखिने

काठमाडौं,माघ,१९-कोरोना भाइरसको संक्रमण बढेपछि चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीहरुलाई १५ दिनसम्म छुट्टै स्थान (क्वारेन्टइन)मा राखिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । चीनबाट स्वास्थ्य परीक्षण गरेर स्वस्थ विद्यार्थीलाई मात्र नेपाल ल्याईने भन्दै मन्त्रालयले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उनीहरुको पूनःपरीक्षण समेत गरिने जनाएको छ ।परीक्षणपछि संक्रमित भेटिएकालाई आइसोलेसन […]

‘उच्च सतर्कता अपनाउनुपर्छ’

काठमाडौं,माघ,१७-चीनको हपेई प्रान्तको वुहान सहरबाट फैलिएको ‘कोरोनाभाइरस’को संक्रमण विश्वव्यापी भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । चीनभन्दा बाहिर पनि यसले महामारीको रुप लिनसक्ने भन्दै ‘डब्ल्युएचओ’ले सबै देशहरुलाई सचेत हुन आग्रहसमेत गरेको छ ।चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २१३ जना पुगिसकेको छ भने ६ हजारजनामा संक्रमण भइसकेको छ । चीनभन्दा बाहिर कम्तीमा […]

कोरोना भाइरसबारे डब्लूएचओले दियो विश्वलाई नै यस्तो चेतावनी

काठमाडौं,माघ,१६-खतरनाक जीवाणु कोरोना भाइरसप्रति पूरै विश्व सावधान रहन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुझाव दिएको छ। डब्लुएचओका स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुखले चीनको उहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध विश्व नै सजग रहनुपर्ने बताएका हुन्। यो खतराक नयाँ भाइरसको संक्रमण नियन्त्रण गर्न सिंगो विश्व एक भएर अगाडि बढ्नुपर्ने सुझाव  डब्लूएचओले दिएकाे बीबीसीले जनाएकाे छ।  यो भाइरसले विश्वव्यापी आपतकालीन […]

कोरोना भाइरसको संक्रमणबाट ४२ को मृत्यु, १४ सय संक्रमित : युरोपमा पनि फैलियो

एजेन्सी,माघ,१२-चीनका राष्ट्रपति सी चिनपिङले खतरनाक नयाँ कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको बताएका छन् । लुनार नयाँ वर्षको अबसरमा आयोजित विशेष बैठक पछि बौल्दै उनले संक्रमण तीब्र रुपमा फैलिंदा गम्भीर अबस्थाको सामना गर्नु परेको बताए । चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या कम्तिमा ४२ पुगेको छ ।१४ सय संक्रमित भेटिएका छन् । सेनाको विशेष मेडिकल समुह वुहान […]

कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने ?

काठमाडौं,माघ,११-नेपालमै कोरोना भाइरसको संक्रमण भएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ।शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको जानकारी दिएका हुन्। ‘चीनको युवान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिमा जाँच गर्दा कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको  छ’, श्रेष्ठले भने।उनको […]

कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरकै मृत्यु

काठमाडौं, माघ ११-चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ। चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो। #Malaysia confirms its first cases of #coronavirus, with three people infected with the virus; they were in close contact of a 66-year-old […]

‘कोरोनाभाइरस’ को संक्रमित नेपालमा पनी भेटीयो

काठमाडौं,माघ,१०- चीनमा स्वास्थ्य संकट निम्त्याएको ‘कोरोनाभाइरस’ नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । केही दिनअघि चीनको वुहानबाट नेपाल फर्किएकी एकजना नेपाली विद्यार्थीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । शुक्रबार मन्त्रालयले पत्रकार सम्मेलन गरी वुहानबाट फर्किएकी एक विद्यार्थीको टेकुमा स्वास्थ्य परीक्षण गर्दा शंकास्पद देखिएको र उक्त ‘रिपोर्ट’लाई हङकङ पठाइएकोमा हङकङबाट कोरोनाभाइरस पुष्टि […]

डा. केसीले गरे अनसन स्थगित

काठमाडौं,कार्तिक,२६- डा. गोविन्द केसीले नौ दिनदेखि जारी अनसन स्थगित गर्नु भएको छ।राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं,’ डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उहाँ डडेलधुरा पुगेर अनसन बस्नु भएको थियो । यद्यपि, स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि […]