अख्तियारको प्रमुख आयुक्तमा राई सिफारिस

काठमाडौं,पुष,५-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेसँगै राईलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने निर्णय गरिएको हो। संसद् विघटन भएपछि संवैधानिक आयोगबारे संसदीय सुनुवाई पनि हुँदैन। सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएको सिफारिस संसदमा दर्ता गराएको संसद सचिवालय […]

ससंद विघटनको प्रभाव शेयर बजारमा, एकैदिन नेप्से ४.७७ % घट्यो

काठमाडौं,पुस,५-ससंद विघटनको प्रभाव आइतवार शेयर बजारमा पनि परेको छ ।आइतवार नेप्से परिसूचक  १ हजार ९३५ दशमलव ६३ विन्दुमा पुगेको छ ।अघिल्लो कारोबार दिनको तुलनामा ९६ दशमलव ८८ अंक अर्थात् ४ दशमलव ७७ प्रतिशत कमि आएको हो । यस दिन १९८ ओटा कम्पनीको रू. ९ अर्ब ४ करोड ७९ लाख २७ हजार ५४७ बराबरको शेयर खरीदविक्री […]

राष्ट्रपतिले गरे संसद विघटन,वैशाख १७ र २७ गते निर्वाचन

काठमाडौं,पुष,५-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गर्नु भएको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले संसद विघटन गर्नु भएको हो । मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोक्नु भएको छ। यससँगै संघीय संसद तीन वर्षमै विघटन भएको छ। ‘संसदको वर्तमान […]

संसद विघटन गणतन्त्रमाथि प्रधानमन्त्री ओलीको ‘कू’ : प्रचण्ड

काठमाडौं,पुस,५-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि ‘कू’ गरेको बताउनु भएको छ । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेलगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया व्यक्त गर्नु भएको हो । ‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले […]

प्रधानमन्त्री ओलीबाट संसद विघटनको सिफारिश

काठमाडौं,पुष,५-प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिश गर्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको परिणाम अन्ततः प्रधानमन्त्री ओलीले दुई तिहाईनिकट शक्तिको संसद नै विघटन गरिदिनुभएको हो । बालुवाटार स्रोतले मन्त्रिपरिषद बैठक राखेर संसद विघटनको सिफारिश गरिएको जानकारी दिए […]

राप्रपाले अब सडक आन्दोलनको नेतृत्व गर्ने कमल थापाको भनाई

काठमाडौं,पुस,४-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ।राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो। शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना हुनुपर्ने बताउनुभयो। पछिल्लो समय देशभर हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा भइरहेका प्रदर्शनमा पनि राप्रपाको […]

देउवानिवासमा कांग्रेस र जसपाका नेताहरुबीच छलफल

काठमाडौं,पुस,४-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भइरहेको छ। शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो। स्रोतका अनुसार उक्त छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशशरण महत सहभागी छन् भने जसपाबाट केन्द्रीयय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम […]

पर्वतीय उडानमा यात्रुको आकर्षण बढ्दो, एकैदिन भए आठ ओटा उडान

काठमाण्डौं,पुष,४-सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ संक्रमणकै बीच गत मंसिर २० गतेदेखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जानकारी दिएका छन् । बन्दाबन्दीको झण्डै नौ महीनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय […]

टेस्ट क्रिकेटमा भारतको इतिहासमै कमजोर प्रदर्शन, ३६ रनमै अलआउट

काठमाडौं,पुस,४-टेस्ट क्रिकेटमा भारतले लज्जास्पद प्रदर्शन गरेको छ।अस्ट्रेलियाविरुद्धको टेस्टको तेस्रो दिन भारत इतिहासमै कमजोर देखिएको हो। भारतीय क्रिकेट टोली शनिबार २१ ओभर २ बल खेल्दा अलआउट हुन पुग्यो। ३६ रनमै अलआउट भएको भारतको यो अहिलेसम्मकै कम रन हो। अस्ट्रेलियाको एडिलेडमा भएको खेलमा भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अस्ट्रेलियाका लागि जोस हेजलवुडले ५ […]

थप ७१० जना कोरोना पुष्टि, मृतकको संख्या १७ सय ७७ पुग्यो

काठमाडौं,पुष,४-देशभर २४ घण्टामा थप ७१० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालका संक्रमित संख्या २ लाख ५३ हजार १८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, थप ११ सय ७५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४२ हजार ५६७ जना कोरोनामुक्त भएका छन्। त्यस्तै, कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट […]