नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने, प्रधानमन्त्री ओली पनि सहभागी हुने

काठमाडौं,मंसिर,२८-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ।  बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको भए पनि अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भए पछि बालुवाटारमा तय गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनुभयो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी […]

हिमालयको महत्व बुझेर सहयोग तथा सहकार्य गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,मंसिर,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तन सम्बन्धी दीर्घकालीन रणनीति बनाउन प्रतिवद्ध रहेको बताउनु भयो । भर्चुअल रुपमा क्लाइमेट एम्बिसन सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले विश्व समुदायलाई हिमालयको महत्व बुझेर सोही अनुसार सहयोग तथा सहकार्यलाई प्रभावकारी बनाउन सबैमा अपील गर्नुभयो । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटारेसले बिश्व जगतलाई जलवायु आपतकाल घोषणा गर्न अपील गर्नुभएको […]

कोरोनाको खोप छिट्टै ल्याउने विषयमा मन्त्री र सचिवहरुविच छलफल

काठमाडौं,मंसिर,२६-कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका निर्देशक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोपसँग सम्बन्धित मन्त्रालय र सचिवहरूसँग छलफल गरेका छन्। कोरोना खोपसँग सम्बन्धित विषयमा शुक्रबार गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरूसँग छलफल गरेका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने […]

थप ७ हजार ४१४ परिक्षण गर्दा १ हजार ४४ जनामा कोरोना पुष्टि

काठमाडौं,मंसिर,२६-पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जना पिसिआर परीक्षण गर्दा मुलुकभर १ हजार ४४ जनामा कोरोना पुष्टि भएको छ। १८ लाख २० हजार ६ सय १८ जनाको पिसीआर परीक्षण गरिएको छ। त्यस्तै, सक्रिय संक्रमित १२ हजार १ सय ४८ छन्। १२ सय ७१ संक्रमणमुक्त भएका पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म २ […]

जोरायल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिदै

डोटी,मंसिर,२६-जोरायल गाउँपालिका-५ गड्सेरामा वर्षौंपछि नेपाल विद्युत् प्राधिकरण दिपायल शाखाले राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गर्न थालेको छ ।  सो वडाका खहडा, चौकी, अमौन, बोकडा, हडरानी, बडिगाड, पातलीगाउँ, चोखाल गाउँ, मनोहबजार, ठाँटीलगायतका ठाउँमा विद्युत् लाइन विस्तार गर्नका लागि बजेट विनियोजन गरिएसँगै अहिले पोल गाड्नका लागि विस्तृत सर्वेक्षण शुरु गरिएको छ ।  जोरायल क्षेत्रबाट जडान गरिँदै उक्त […]

कांग्रेसले सरकारविरूद्ध २९ गते देशैभर सडक प्रदर्शन गर्ने

काठमाडौं,मंसिर,२६-सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ ।यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै सहभागिता […]

थप १ हजार ५६ जनामा कोरोना पुष्टि,१४ सय ८३ निको भए

काठमाडौं,मंसिर,२४-नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार २८६ पीसीआर परीक्षण गर्दा जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ […]

कोरोना संक्रमित १३८२ थपिए,१६२१ संक्रमणमुक्त, २३ जनाको मृत्यु

काठमाडौं,मंसिर,२३-नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँग नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।पछिलो २४ घण्टामा १६२१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म […]

सगरमाथाको उचाइमा वृद्धि, अब ८८४८.८६ मिटर कायम

काठमाडौं,मंसिर,२३-विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ ।सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर कायम भएको सरकारले घोषणा गरेको हो । लामो समयदेखि सगरमाथाको उचाइसम्बन्धी काम गर्दै आएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । पछिल्लो मापन अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बृद्धि भएको छ ।यस अघि […]

पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल भारत सहमत

काठमाडौं,मंसिर,२३-नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् । नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्नसमेत सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल–भारतबीच पारवहन र अनाधिकृत व्यापार नियन्त्रणका लागि […]