काठमाडौं,असोज,१९-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा सोमबार भएको कुर्सी तोडफोड कांग्रेसको नीती र संस्कृति विपरीत भएको बताउनु भएको छ। समाजिक सञ्जाल ट्विटरमा शर्माले लेख्नु भएको छ, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण […]
Flash
कांग्रेस र जसपा सांसदले गरे प्रदेशसभामा तोडफोड
भैरहवा,असोज,१९-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जसपाका केहि सांसदहरुले प्रदेश नम्बर-५ को प्रदेशसभा बैठकमा तोडफोड गरेका छन । प्रदेश-५को स्थायी राजधानीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले सोमबार प्रदेशसभा हलको कुर्सी र माइक तोडफोड गरेका हुन् । प्रदेशसभाको सोमबार दोस्रोपटक बसेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका […]
एकैदिन २४४० जनामा कोरोना संक्रमण,१९ जनाको मृत्यु
काठमाडौं,असोज,१९-नेपालमा सोमवार थप २ हजार ४४०जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । विगत २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट ५५४ […]
बन्द गरिएको श्रम स्वीकृति सोमवारदेखि पुनः शुरु हुने
काठमाडौं,असोज,१८-कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमवारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले बताएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि […]
डा.गोविन्द केसीसँग तत्काल वार्ता थाल्न प्रधानमन्त्री ओलीलाई कांग्रेसको अपिल
काठमाडौं,असोज,१८-नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न अपिल गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई डा. केसीको जीवन रक्षाका लागि पहल थाल्न अपिल गर्नुभएको हो । आइतबार प्रेस विज्ञिप्त जारी गर्दै सभापति देउवाले वार्ताका माध्यमबाट डा. केसीका माग […]
कोरोना संक्रमणबाट ५३५ जनाको मृत्यु पुष्टि, एकैदिन २२५३ संक्रमीत थपिए
काठमाडौं,असोज,१८-नेपालमा आइतवार थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५३५ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा […]
डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं,असोज,१७-चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ । अनशनरत् डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जीवनरक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनशनको २० दिन पुग्दासमेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम नचालेको प्रदर्शनमा सहभागी युवाहरुले आरोप लगाएका छन् । भदौ […]
एकैदिन २१२० जनामा कोरोना संक्रमण,८ को मृत्यु,२०४४ जना डिस्चार्ज
काठमाडौं,असोज,१७-नेपालमा शनिवार थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ।योसँगै कोरोना संक्रमणबाट ५२८ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोरोनाका सक्रिय […]
दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प’ हुँदै, प्रथमलाई नगद ५० हजारदेखि फिल्म खेल्ने अवसर
काठमाडौँ,असोज,१७-नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प-२०२०’ हुने भएको छ । किङ ग्रुपको पहिलो प्रस्तुतीको रुपमा यस वर्षको वडा दशैँको पावन अवसरमा बिगो लाइभ नृत्य प्रतियोगिता ‘विगो डान्स च्याम्प–२०२०’ आयोजना हुन लागेको हो ।बिगो एपमार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागि हुन सकिनेछ । असोज २० (अक्टोबर ६ तारिक) गतेसम्म आवेदनका लागि मोवाइल […]
प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना
काठमाडौं,असोज,१७-प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । राष्ट्रपति ट्रम्पलाई मेन्सन गरिएको ट्वीटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको स्वास्थ्य लाभको कामना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त […]



