काठमाडौं,भदौ,२७-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३३६ पुगेको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।यो कुल संक्रमितको ०.६३ प्रतिशत हो । मृत्यु हुनेहरु काठमाडौंका तीनजना, भक्तपुर र रुपन्देहीका समान दुई/दुईजना तथा पर्सा, सुनसरी, चितवन, तनहुँ, स्याङ्जा, गोरखा र […]
Flash
एमसीसी अनुमोदन गर्ने नेकपा स्थायी समितिको निर्णय
काठमाडौं,भदौ,२६-नेकपा स्थायी समितिको बैठकले अमेरिकासँग आर्थिक सहायता लिने कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ। ‘एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ,’शुक्रबारको स्थायी समिति बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाॅंका अनुसार पार्टीले यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको प्रतिवेदनलाई समेत […]
थप १४५४ जना कोरोना संक्रमित थपिए, ९७२ डिस्चार्ज, ५ जनाको मृत्यु
काठमाडौं,भदौ,२६-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ जना मृतक थपिएसँगै मृत्यु हुनेको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित थपिएका छन् । एकै दिन थपिएको […]
अन्तत:प्रधानमन्त्री पुगे मन्त्रिमण्डल पुनर्गठन हेरफेरमा
काठमाडौं,भदौं,२५-प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्षपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने हुनुभएको छ । सत्ता सञ्चालन गरेको दुई वर्ष पुगेलगत्तैदेखि पार्टीभित्रैबाट अनेकन अफ्ठ्याराको सामना गर्नुभएका ओलीले अन्ततः मन्त्रिमण्डल पुनर्गठन गरेर असन्तुष्टहरुको मुख बुझो लगाउने रणनीति लिनुभएको हो । दुई तिहाईनिकटको सरकार चलाउँदा पनि जनमानसमा अनुभूत हुने खालको खासै काम गर्न नसक्नु भएका ओलीले राज्यका सबै अवयवमा एकलौटी […]
थप १०८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज, ६ जनाको मृत्यु
काठमाडौं,भदौ,२४-पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४९ हजार २१९ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४६४ जना संक्रमित भएका […]
नेसन्स लिग फुटबलमा: क्रोएसियामाथि फ्रान्सको जित
एजेन्सी,भदौ,२४-नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियामाथि ४-२ को जित आत्मसाथ गरेको छ ।ओलिभर जिराउडले करियरको ४० औं अन्तराष्ट्रिय गोल गरेको खेलमा फ्रान्सले क्रोएसियालाई हराएको हो । सन् २०१८ को विश्वकपमा दुवै टिम फाईनलमा भिडेका थिए ।३३ बर्षका जिराउडले बेन्चबाट मैदान छिर्दै पेनाल्टीमा करियरको ४० औं गोल पुरा गरेका हुन् । उनी फ्रान्सेली लिजेन्ड मिचेल प्याटिनी भन्दा […]
रोनाल्डोले गरे राष्ट्रिय टिमबाट १०० गोलको कीर्तिमान
एजेन्सी,भदौ,२४-क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको छ । मंगलबार राति रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २-० ले हराएको हो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सो […]
एकै दिन थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ जना डिस्चार्ज, ६ जनाको मृत्यु
काठमाडौं,भदौ,२३-पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना संक्रमित थपिएका छन् । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २२८७ जना कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज भएका छन् […]
राजश्व संकलनका लागि बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं,भदौ,२३-नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि मंगलबारदेखि विहीबारसम्म राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा-काउण्टर खोल्न निर्देशन दिएको हो । राजस्व संकलन गर्ने एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र […]
कोरोनाका कारण वीरगञ्जमा ६० वर्षीय पुरुषको मृत्यु
बारा,भदौ,२३-नेपालमा कोरोना संक्रमित मध्ये थप एकजनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराका महागढिमाई नगरपालिका-१० गन्जभवनीपुरका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभएको छ । भदौ १४ गते ती पुरुषको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्यमा समस्या […]



