आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईदै

काठमाडौं,साउन,२७-आज श्रीकृष्ण जन्माष्टमी पर्व। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व मनाउदैछन् । कृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ। द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। दुर्जनको विनाश र सज्जनको रक्षा लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ। आज देशैभरीका […]

डोटीमा घर भत्किंदा एकै परिवारका चार जनाको मृत्यु, चार घाइते

डोटी,साउन,२७-डोटीको आदर्श गाँउपालिका-१ खलगडामा घर भत्कंदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीइ लोगे विकको घर भत्कँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय छोरा पारस विक, आठ वर्षीया छोरी सिर्जना विक र चार वर्षीया छोरी जेनिसा विकको मृत्यु भएको हो । त्यस्तै घटनामा गरी उनकी आमा […]

भदौ महिनाभरी हवाई उडान र लामो दूरीका यातायात नचल्ने

काठमाडौं,साउन,२६-सरकारले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। आइतबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदाै १५ सम्म हवाई उडान र लामाे दूरीका सवारी साधन नखाेल्न सरकारलाई सिफारिस गरेकाे थियाे। तर काठमाडाैं उपत्यका लगायत देशैभरी काेराेना संक्रमण बढ्दै […]

काठमाडौं-केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुन्छः परराष्ट्रमन्त्री

काठमाडौं,साउन,२६-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुने बताउनु भएको छ ।त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको वेबिनारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको बताउनुभयो । तर, सम्भाव्यता अध्ययन कहिलेबाट सुरु हुने भन्ने उहाॅंले खुलाउनु भएन।नेपालले कनेक्टिभीलाई विविधीकरण गर्ने नीति लिएको उहाॅंले बताउनुभयो । ‘भूपरिवेष्ठित देशका लागि कनेक्टिभिटी महत्वपूर्ण हुन्छ। कनेक्टिभिटीलाई विविधीकरण गर्ने सरकारको […]

सरकार बिचौलियाको कठपुतली बन्यो : कांग्रेस

काठमाडौं,साउन,२६-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको कठपुतली बनेको आरोप लगाएको छ । कोरोना संक्रमणको समयमा भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहन दिएको सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेर आफ्नो नांगो रुप देखाएको कांग्रेसको ठहर छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कोभिड–१९ अनुगमन समितिले गरेको पत्रकार सम्मेलनमा पार्टी […]

गोंगबु हत्याकाण्ड: चितवनबाट एक महिला पक्राउ

काठमाडौं,साउन,२६-गोंगबुमा एक पुरुषको विभत्स हत्याको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चितवनको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएकी उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ । आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको […]

थप ३३८ जना कोरोना संक्रमित थपिए: मृतकको संख्या ७९ पुग्यो

काठमाडौं,साउन,२६-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप चारजनाको मृत्यु भएसंगै मृतकको संख्या ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।पछिल्लो २४ घण्टामा ३३८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो […]

स्वर्गबासी चन्द्रमामा-(कथा) भुवन भट्टराई

कोहलपुर,बाॅंके,साउन,२६-चन्द्रमा-हामी बसेको यो ब्रह्माण्ड भन्दा ३,८४,४०० कि.मि को दुरिमा रहेको त्यो गोलो आकारको एक सुन्दर चम्किलो अनि चारै तिर साना गरि चम्किएका थोप्ला थोप्ला ले घेरिएर बिचमा बनेको मनमोहक त्यो चित्र कति राम्रो आहा ! यस पृथ्वीमा बस्ने प्राणी सबै त्यो चन्द्रमालाई हेर्दै मनमोहक हुनु स्वभाविक हो त्यो मनमोहक दृश्यलाई हेर्न दिनको त्यो चर्को घामको […]

शव पहिचानका लागि तस्वीर सार्वजनिक

काठमाडौँ,साउन,२६-काठमाडौँको  गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो।तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् । गोंगबु चोक […]

लगातारको बर्षाले धनगढी जलमग्न (फोटो फिचर)

कैलाली,साउन,२६-सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी लगातार परेको बर्षाका कारण जलमग्न भएको छ । धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडी लगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् । त्यस्तै कैलालीको पुर्वी क्षेत्र भजनी, जोशीपुर, टिकापुर, लालबोझी लगायतका क्षेत्र भएर बग्ने नदिहरु कर्णाली, कान्द्रा, पथरैया, मोहनालगायतका नदीहरुमा जलस्तर निरन्तर बढीरहेको कारण नदी छेउछाउँका […]