निजगढ-काठमाडौं सम्पर्क समिती बाराको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं,जेठ,२९-निजगढ-काठमाडौं सम्पर्क समिती बाराले बिहिबार नेपाल रेडक्रस संग समन्वय गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ।नेपाल अहिले कोरोना भाईरसको अती जोखिमा परिरहेको अवस्थामा बिरामीको चाप बढे संगै रगतको पनि अभाब भैरहेको बेला केही […]

थप २५० जनामा सङ्क्रमण पुष्टि,नेपालमा सङ्क्रमित सङ्ख्या ४,६१४ पुग्यो

काठमाण्डौं,जेठ,२९-नेपालमा बिहिबार थप २५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। सङ्क्रमित भएकाहरु मध्ये २३० जना पुरुष र २० जना महिला रहेको मन्त्रालयले बताएको हो ।यो सँगै बिहीवार बेलुकि सम्म देशभरी सङ्क्रमितको कुल सङ्ख्या ४,६१४ पुगेको छ। तीमध्ये ८६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता […]

नेपाललाई सडक बनाउन विश्व बैंकले ५४ अर्ब ऋण दिने

काठमाण्डौं,जेठ,२९-विश्व बैंकले नेपाललाई थप ५४ अर्ब रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। नेपालको सडक पूर्वाधार विकास गर्नका लागि बैंकको बोर्डले ४५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने विश्वास गरिएको छ।कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा […]

कुवेतबाट नेपाली लिएर पहिलो जहाज काठमाडौं आइपुग्यो

काठमाडौं,जेठ,२९-विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट आउने दुई जहाजमध्ये पहिलो जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। नेपाली महिला लिएर जजिरा एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो। जहाजमा १ सय ६१ जना नेपाली महिला स्वदेश फर्किएको बताइएको छ। यस्तै अर्को जहाज दिउँसो साढे १ बजे आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ। अब उनीहरुलाई […]

कुवेतबाट तीन सय नेपाली महिलालाई आज स्वदेश ल्याईदै

काठमाडौं,जेठ,२९-कुवेतबाट दुइटा जहाजमा आज (बिहीबार) तीन सय नेपाली महिला स्वदेश फर्किरहेका छन्।कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सका दुई जहाज नेपाली महिला कामदार बोकेर स्थानीय समय अनुसार बिहानै काठमाडौंका लागि उडेका हुन्। उनीहरु अहिले बिहान ११:३० र दिउँसो १:३० बजे काठमाडौं आईपुग्ने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। त्रिभुवन विमानस्थलमा अवतरणपछि उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार […]

सरिता गिरीलाई संशोधन फिर्ता लिन निर्देशन, नलिए कारवाहीको चेतावनी

काठमाडौं,जेठ,२८-भारतले हडपेको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध संशोधनको सूचना दर्ता गराएकी सांसद सरिता गिरीलाई पार्टीले कारवाही चेतावनी दिएको छ। जनता समाजवादी पार्टी संघीय संसदीय दलका प्रमुख सचेत उमाशंक अरगरियाले संसद सचिवालयमा दर्ता गरिएको संशोधनको सूचना तत्काल फिर्ता लिन निर्देशन दिनुभयो ।  पार्टीसँग सल्लाह नलिइ, संसदीय दलको निर्देशनबिना संशोधन दर्ता गराएको जनाउँदै जनता […]

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३६४ पुग्यो, ६७४ जना निको भए

काठमाडौं,जेठ,२८-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २७९ जनामा संक्रमण देखिएको बताउनुभयो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या चार हजार ३६४ पुगेको उहाॅंले जानकारी दिनुभयो ।कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ । नेपालमा […]

नेपाल हेपिँदैन, हेपिन तयार छैन, कालापानी क्षेत्रमा भूमि कब्जा भएको होः प्रधानमन्त्री ओली

काठमाडौं,जेठ,२८-प्रधानमन्त्री केपी ओलीले नेपाल हेपिन तयार नभएको र नहेपिने प्रष्ट हुन आग्रह गर्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालमाथि धम्की नदिने पनि सचेत गराउनुभयो । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तिब्बत प्रकरणमा जोडेर नेपालमाथि धम्की दिएको भन्दै सांसदले प्रश्न उठाएपछि जवाफमा ओलीले भन्नुभयो, ‘यदि उहाँले बोल्नुभएको हो […]

बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले आज दिने

काठमाडौं,जेष्ठ,२८-अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको cजेटमा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने क्रम जारी छ ।आज पनि बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विनियोजन विधेयक अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । उहांले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत विनियोजन भएका कार्यक्रमका बारेमा जवाफ […]

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४,०८५ पुग्यो

काठमाडौं,जेठ,२७-नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जना थपिएर कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । मन्त्रालयका अनुसार महात्तेरीमा ५०, धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५, सल्यान १२, […]