नेपालमा एकै दिन १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ सय ६७ पुग्यो

काठमाडौं,जेठ,१८-आइतबार एकै दिन १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो । रौतहटमा २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोट र दैलेखका १८र१८, सप्तरी राजगढका १२ जना, सर्लाहीका १० जना, बाँकेका ८ जना, पर्सा र कपिलवस्तुका ५र५ […]

संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरियो

काठमाडौं,जेठ,१८-संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश गरिएको छ ।आइतबारको बसेको संसद बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पारित भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेनन् […]

संविधान संशोधन विधेयक आज संसदमा पेश गरिँदै

काठमाडौं,जेठ,१८-सरकारले आज संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश गर्ने भएको छ । आज विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा संविधान संशोधनको प्रस्ताव पेश गरिने छ । बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो । नेपालको नक्शामा उल्लेखित […]

ऐतिहासिक फुकुओका सफल उडान

फुकुओका,जापान,जेठ,१८-कोरोना भाइरस (कोभिड १९) ले विश्व आक्रान्त छ । धनजनको क्षति दिनप्रतिदिन बढ्दो छ।आर्थिक क्षेत्रमा परेको मारको हिसाबकिताब देशहरुले मात्र होइन, व्यक्ति व्यक्तिले पनि गर्न सकेका छैनन् होला । पहिले जिउज्यानको सुरक्षा नै प्रमुख हो, त्यही नै मानिरहेका छन् । यो महामारीमा परिवार एक ठाउँमा रहने प्रयत्न सबै गरिरहेका छन् । विदेशमै रोकिनेहरु त लाखौं […]

बायर्न म्युनिख संग फोर्चुना डसेलडर्फ ५-० को फराकिलो अन्तरले पराजित

काठमाण्डौं,जेठ,१८-जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार रातिको खेलमा बायर्न म्युनिखले फोर्चुना डसेलडर्फलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै बायर्नले एक खेल कम खेल्दै दोश्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डसँगको दुरीलाई १० अंकमा पुर्याएको छ । बायर्नको २९ खेलमा ६७ अंक रहेको छ भने डर्टमन्डको २८ खेलमा ५७ । बायर्नको जीतमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे […]

लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं,जेठ,१८-सरकारले लकडाउन अर्थात् बन्दाबन्दी अरु १२ दिन लम्ब्याउने निर्णय गरेको छ।शनिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन कायमै राख्ने निर्णय गरेको हो । यसैगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गते अर्थात अर्थात जुन ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । यो अवधिमा आउजाउमा कडाई गर्ने […]

नेपालमा एकैदिन १८९ जनामा संक्रमण, संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौं,जेठ,१७-नेपालमा शनिबार एकैदिन १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। उहाॅंले योसँगै नेपालमा संक्रमितको संख्या एक हजार ४०१ पुगेको बताउनुभयो ।उहाॅंका अनुसार कपिलवस्तुमा १०९, सर्लाहीमा १७, दैलेखमा १४, सिरहामा […]

संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

काठमाडौं,जेठ,१७- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको हो। कांग्रेसले आफ्ना […]

नेकपा सचिवालय बैठक सकियो, एमसीएको काम रोक्ने समझदारी

काठमाडौं,जेठ,१७-एमसीसीबारे छलफल गर्न बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठक सकिएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एमसीसी सम्झौता र बजेटमा समावेश गरिएका एमसीसीका कार्यक्रमहरुको बारेमा छलफल भएको थियो। बैठकमा एमसीसी सम्झौता र बजेटको अनुसूचीमा राखिएको एमसीसीको योजनाभित्रको कार्यक्रमको स्पष्टताका निम्ति छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।एमसीसी सम्झौता बारेको प्रस्ताव अहिले […]

सात प्रदेशका लागि ९९ अर्ब ८७ करोड बजेट, महानगरहरुका लागि ९ अर्ब ४७ करोड विनीयोजन

काठमाडौं,जेठ,१६-सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ७ प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये समानीकरण अनुदानमा ५५ अर्ब १९ करोड ५० लाख, सशर्त अनुदानमा ३६ अर्ब ३५ करोड ७५ लाख, विशेष अनुदान शीर्षकमा ३ अर्ब १३ करोड ५० लाख र […]