बुध्द एयरले जेठ देखि रात्रिकालिन उडान सेवा सुरु गर्ने

काठमाडौं,बैशाख,२९-बुध्द एयरले जेठ १ गते अर्थात(मे-१५) का दिनदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालिन उडान सेवा विस्तार गर्ने भएको छ।रात्रिकालिन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा हुनेछ। यी उडानका समय राती ८ बजेदेखि शूरु  हुने बुध्द एयरले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणले स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालिन उडान गर्ने व्यवस्था गरेको छ।दैनिक […]

बैशाख ३० गते देशभर निर्वाचन, चुनावी तयारी पुरा : निर्वाचन आयोग

काठमाडौं,बैशाख,२९-स्थानीय तह सदस्यको निर्वाचन वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ ।जसको लागि अधिकांश स्थानमा चुनावी तयारी पूरा भइसकेको छ भने बाँकी स्थानमा तयारी पूरा हुने क्रममा रहेको निर्वाचन आयोग, नेपालले बताएको छ ।  काठमाडौंमा पनि स्थानीय तहको निर्वाचनका लागि तयारीका कामहरु भइरहेका छन् ।सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन केन्द्र र मतदान स्थलमा खटिसककेको आयोगले बताएको छ […]

शुक्रबार स्थानीय तहको निर्वाचन, मतदान केन्द्रमा जाँदा ध्यानदिनुपर्ने कुरा

काठमाण्डौं,बैशाख,२९-वैशाख ३० गते भोली शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदै छ। मतदान केन्द्रमा जाँदा के कुरामा ध्यान दिनुपर्छ भनेर निर्वाचन आयोगले जानकारी गराएको छ। आयोगका अनुसार निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका २०७८ ले विभिन्न व्यवस्था गरेको छ।   मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना […]

आज रातिदेखि काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरण गर्न नपाइने

काठमाडौं,बैशाख,२७-काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज मंगलबार रातिबाट मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ । मौन अवधि सुमदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले मंगलबार रातिदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो । मौन अवधिदेखि ३० वैशाख अर्थात मतदान नसकिएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको […]

एमालेले लगाएको ६७ बुँदे आरोपको कांग्रेसले प्रतिवाद गर्दै

काठमाण्डौं,,बैशाख,२६-सत्तारुढ नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूविरुद्ध लगाएका आरोपको प्रतिवाद गर्ने भएको छ।  एमालेले मतदाताका लागि जारी गरेको ६७ बुँदे अपिलमा आरोपै आरोप लगाएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेर प्रतिवाद गर्न लागेको हो।  कांग्रेसले मंगलबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण […]

जापानको फुकुओकामा नेपाली फिल्म “कबड्डी ४” प्रदर्शन हुने

फुकुओका,जापान,२६-नेपाली फिल्म ‘कबड्डी ४’ जापानमा प्रदर्शन हुने भएको छ।फिल्म यहि “जुन ४ तारिख” शनिबारका दिन फुकुओकामा रहेको आकासाका हलमा लाग्ने भएको छ ।    फुकुओकामा रहेको नेपालीहरुको समुह “ढिला आयो कडा आयो” को आयोजनामा ‘कबड्डी ४’ फिल्म प्रदर्शन हुन लागेको हो ।लामो समयपश्चात फुकुओकामा रहेका नेपालीहरुले प्रवासमा हलमै गएर टिपिकल नेपाली कथाबस्तु रहेको नेपाली फिल्म  “कबड्डी ४” […]

आयोगले सोध्यो सत्ता गठबन्धन निकट पत्रकार संगठनलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं,बैशाख,२५-निर्वाचन आयोगले सत्ता गठबन्धन निकट रहेका पत्रकार पत्रकार संगठनहरुसंग २४ घण्टे स्पष्टकिरण सोधेको छ । सत्ता गठबनधन निकट रहेका पत्रकार संगठनका अध्यक्षहरुले शनिबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरेका थिए । सो आग्रह निर्वाचन आचार संहिता विपरित भएको भन्दै त्यसलाई लिएर आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । […]

एमालेले मधेशका नागरिकमा भ्रम छर्ने प्रयास गरेको प्रचण्डको भनाई

काठमाडौं,बैशाख,२४-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले मधेशमा भ्रम छर्ने प्रयास गरिरहेको टिप्पणी गर्नुभएको छ । चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहाका क्रममा जनकपुुर पुगेका अध्यक्ष प्रचण्डले मधेशी जनताको माग अनुसार विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्दा एमालेकै कारण असफल भएको बताउनुभयो । अहिले एमालेले सामन्ती र […]

जिम्बावे ‘ए’ टिमले नेपाललाई दियो ८८ रनको विजयी लक्ष्य

काठमाडौं,बैशाख,२४-पाहुना टोली जिम्बावे ‘ए’ ले दोस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई विजयीका लागि मात्र ८८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावे ‘ए’ टिमले ३१ ओभर १ बलमा मात्र ८७ रनमा अलआउट भयो । जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । […]

स्थानीय तह निर्वाचन : आज सबै जिल्लामा मतपत्र पुग्छ :आयोग

काठमाडौं,बैशाख,२३-निर्वाचन आयोग नेपालले आसन्न बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ । बिहीबार आयोगले नियमित पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो ।पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख २३ गते आज (शुक्रबार) सम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी […]