भूकम्पमा परि बाजुरामा एक जनाको मृत्यु,एक घाईते

बाजुरा,माघ,१०-बाजुरामा मंगलबार गएको भुकम्पमा परि एक जनाको निधन भएको छ। बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको हो। गौमुल गाउँपालिका वडा नन्बर-२की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ।मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको […]

सुनको मूल्य इतिहासकै सर्वाधिक,तोलामा बढ्यो ६४ सय

काठमाडौं,माघ,१०-सुनको मूल्य इतिहासकै सर्वाधिक कायम भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलवार सुनको मूल्य तोलाको १ लाख ६ हजार ३०० रुपैयाँ तोकेको छ । यो अहिलेसम्मकै सर्वाधिक हो।  यसअघि गत फागुन २५ गते सुनको मूल्य सर्वाधिक कायम भएको थियो।उक्त दिन सुनको मूल्य तोलाको १ लाख ५ हजार ५०० रुपैयाँ तोकिएको थियो।त्यसयता सुनको मूल्यमा उतारचढाव देखिएको थियो।  […]

राष्ट्रपतिमा आफ्नो उम्मेदवारलाई जिताउन कांग्रेसले थाल्यो आन्तरिक तयारी

काठमाडौं,माघ,१०-नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन केन्द्रीत भएर आन्तरिक छलफल अघि बढाएको छ। सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई विजयी गराउने विषयमा आन्तरिक छलफललाई तीव्रता दिनुभएको हो। यही माघ ५ र ७ मा भएको सभामुख र उपसभामुखको निवार्चनमा पराजय भोगेको कांग्रेस राष्ट्रपति निर्वाचनमा सफलता हात पार्ने रणनीतिमा छ। राष्ट्रपति निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले बुधबार बिहान शीर्ष […]

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं,माघ,१०-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो। भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभाको उपनिर्वाचन, प्रदेश सरकारहरूमा मन्त्रिपरिषदलाई पूर्णता लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

आजको राशिफल ।। माघ ८ गते आईतबार

काठमाडौं,माघ,८-आज विक्रम संवत २०७९ साल माघ महिनाको ८ गते आइतवार, (जनवरी २२ तारिख ) माघ शुक्ल प्रतिपदा तिथि।आज सोना ल्होछार,श्रिबल्लभ जयन्ती पनि रहेको छ। आज माघ ८  आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लाभदायक यात्रा र मनोरञ्जन पूर्ण […]

डा.सन्दुक रुइतले राज्यसँग गरेको दुई अपेक्षा सरकारले चाँडै सम्बोधन गर्ने

काठमाडौं,माघ,५-वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड पाउनु भएकोमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले बधाई दिनु भएको छ।  उहाँले आफ्नो अफिसियल फेसबुक मार्फत बधाई दिदै वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले गर्नु भएको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताउनु भएको छ।  साथै प्रधानमन्त्री प्रचण्डले डा.सन्दुक रुईतले राज्य […]

प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदै

काठमाडौं,माघ,५-प्रतिनिधि सभाको सभामुखका लागि बिहीबार मतदान हुँदैछ । प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सत्तारुढ गठबन्धनबाट नेकपा (एमाले) का स्थायी समिति सदस्य तथा झापा २ बाट निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, नेपाली कांग्रेसको […]

आजको राशिफल ।। माघ ५ गते बिहिवार

काठमाडौं,माघ,५-आज विक्रम संवत २०७९ साल माघ महिनाको ५ गते बिहिबार, (जनवरी १९ तारिख ) माघ कृष्ण द्धदशी तिथी। आज माघ ५ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

आज पीएसजी र रोनाल्डो आवद्ध अल नसर क्लवबिच विच मैत्रीपूर्ण खेल हुने

काठमाडौं,माघ,५-आज बिहिवार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)र साउदीको अल नसरको क्लव बिच मैत्रीपूर्ण खेल हुदैछ। आजको मैत्रीपुर्ण खेलमा विश्वका चर्चित दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको भिडन्त हेर्न पाईने छ।यस संगै विश्वका अन्य चर्चित खेलाडीहरु नेयमार, सर्जियो रामोस,केलियन एम्बाप्पे,जस्तै ठुप्रै खेलाडी रहेका छन् । २०२२ को विश्वकप विजेता मेस्सी पीएसजीमा आबद्द छन् ।यसले गर्दा पनि […]

राष्ट्रपति पद मेरो लागि होइन : डा. सन्दुक रुइत

काठमाडौं,माघ,५-वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताउनुभएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो। उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको बताउनुभयो।उहाँले राष्ट्रपति पदलाई राम्रो बनाउनका लागि […]