निर्वाचन सफल बनाउन सेना सतर्क

काठमाडौं,कार्तिक,१८- निर्वाचनका बेला नेपाली सेनाले भारतसँग सीमा जोडिएका केही संवेदनशीन जिल्लामा बढी सतर्कता अपनाउने भएको छ । नेपाल–भारत खुल्ला सीमाको केही कमजोर पक्षको फाइदा उठाउँदै अपराधिक मनोवृत्तिका व्यक्तिहरु नेपाल पस्न सक्ने भन्दै यसमा अन्य सुरक्षा निकायसँग समन्वय गर्दै निर्वाचन सफल तुल्याउन सेनाले आफ्नो भित्री रणनीति तय गरेको छ । आजको कान्तिपुरमा खबर छ ।

जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको तेस्रो दिन शुक्रबार तिन खेल सम्पन्न

पवन मुडभरी / बौनिया,कार्तिक,१८- कैलालीको बर्दगोरीया गाउपालिकामा जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगिताको तेस्रो दिन आज तिन खेल सम्पन्न भएका छन । मंसीर ०२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा आज विहान ८ बजे भएको पहिलो खेलमा द सनराईज बौनिया ८ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको द सनराईज बौनियाले निर्धा्रित १५ ओभरमा […]

एएफसी यू–१९ फुटबल: नेपालले आज युएईसँग खेल्ने

काठमाडौं, कात्तिक १८- कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ । तर, आजको खेलमा प्रतिष्ठाका लागि पनि नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले बलियो प्रतिद्वन्द्वी युएईलाई रोक्न सक्यो […]

कञ्चनपुरमा ७६ जनाको उम्मेद्वारी दर्ता

इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१७- आउदो मसिंर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्र र राजनैतिक दलका ७६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधि सभा तर्फ ५ जना स्वतन्त्र सहित २९ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा तर्फका ६ स्थानका लागि ४७ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकुतको कार्यालयले […]

आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं, कात्तिक ,१७- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभा÷प्रदेश सभा निर्वाचनअन्तर्गत बिहीबार उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको थियो । दोस्रो चरणअन्तर्गत आगामी मंसिर […]

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० प्रतिशत मात्र महिला उम्मेदवार

काठमाडौं,कार्त्तीक,१७- प्रतिनिधिसभाको पहिलो चरण निर्वाचनमा महिलाको अत्यन्तै न्यून उम्मेदवारी दिएका दलहरूले दोस्रो चरणमा पनि कम प्राथमिकतामा राखेका छन्। प्रमुख दलले पहिलो र दोस्रो चरण गरी जम्मा १० प्रतिशत मात्रै महिला उम्मेदवार उठाएका छन्। निर्वाचन हुने जम्मा एक सय ६५ क्षेत्रमा प्रतिनिधिसभाका लागि १८ महिलाको मात्रै उम्मेदवारी परेको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका […]

देउवाको श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा

काठमाडौं,कार्तिक,१७- राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन्। देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए। श्रीमती आरजु राणा देउवाले तामझामका साथ […]

शीर्ष नेताविरुद्ध बागी उम्मेदवार

काठमाडौं,कार्तिक,१७- मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजनीतिक दलका ‘हेभिवेट’ नेताविरुद्ध पार्टीभित्रैबाट बागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताविरुद्ध बागी उम्मेदवारी परेको छ । सबैभन्दा ‘हेभिवेट’ बागी उम्मेदवारका रुपमा कांग्रेसका गोविन्दराज जोशी देखिएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र […]

‘प्रचण्डलाई १५ हजारभन्दा बढी मतले जित्छु : विक्रम पाण्डे

चितवन,कीर्त्तीक,१७- कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन-३ मा आफूले जित्ने दावी गर्नु भएको छ । कांग्रेसका नेताको दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका पाण्डेले चितवन ३ का जनताको माया र साथले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्ने दावी गर्नुभयो । ‘म यहाँको रैथाने उम्मेदवार हो, मैले […]

देशैभर उल्लासपूर्ण उम्मेदवारी दर्ता, कुल १४०५ जनाको उम्मेदवारी पर्‍यो

काठमाण्डौ,कार्त्तीक,१६- आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको थियो । आयोगले प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाले उम्मेदवारी दर्ता गराएको जनाएको […]