बरिष्ठ नेता पौडेलद्वारा मिडिया डेस्कको अवलोकन

नेपालगञ्ज, असार १०-
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालगञ्जस्थित नेपाली कांग्रेसको क्षेत्रीय मिडिया डेस्कको आज अवलोकन गर्नुभएको छ । नेता पौडेलसँगै बाँकेका लागि खटिएका केन्द्रिय प्रतिनिधि केन्द्रिय सदस्य हृदयराम थानीले पनि मिडिया डेस्कको अवलोकन गर्नुभएको थियो ।

मिडिया डेस्कले अहिलेसम्म गरेका काम र गतिविधिहरुका बारेमा क्षेत्रीय संयोजक श्रीराम सिग्देलले जानकारी गराउनुभएको थियो । त्यस क्रममा नेता पौडेलले कांग्रेसका क्षेत्रभरका चुनावी गतिविधि प्रभावकारी ढंगले मिडिया कमरेज गर्न निर्देशन दिनुभयो ।

बाँके, बर्दिया, दाङ, रोल्पा, रुकुम र प्यूठानका पार्टीका चुनावी गतिविधि संकलन र सम्प्रेषण गर्ने र केन्द्रमा समेत लिंक गर्ने लक्ष्यका साथ क्षेत्रीय मिडिया डेस्क स्थापना गरिएको हो ।