माओवादीको आधारभूमि रोल्पामा खोल्यो काँग्रेसले खाता

अहिलेसम्म जितेका यी हुन् तीन स्थान

नरेश खड्का,

रोल्पा,असार,१५

रोल्पा जिल्लामा पनि कांग्रेसले खाता खोलेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओली २२७ मत ल्याए । माओवादीका खुशलसिंह विकको १९९ मत ल्याएर तेस्रो भए ।

यसबाहेक काँग्रेसले नवलपरासीको प्रतापपुर गाँउ पालिका वडा नम्वर ५ मा काँग्रेसको प्यानल नै विजय भएको छ । वडा अध्यक्ष मानबहादुुर चौधरीसहितको प्यानल विजय भएको हो ।

–बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर १ मा काँग्रेसले जित प्राप्त गरेको छ । काँग्रेस उम्मेदवार राम बहादुर कार्की ५४० मतसहित वडाअध्यक्षमा निर्वाचित भएका छन्