दलित महिला संघ को आयोजनामा घोराही उपमहानगरपलिका १२मा एकीकृत कार्यरत समूह गठन

नरेश खडका/

दाङ ,भदौ ,५ –
दलित महिला संघ को आयोजनामा घोराही उपमहानगरपलिका १२मा एकीकृत कार्यरत समूह गठन भएको छ । दलित महिला संघ दाङको अध्यक्ष युवा करारा सभापति तथा घोराही उप महानगर १२ का वडा अध्यक्ष राजेन्द्र बुढाको प्रमुख आतिथ्यता मा शान्ति चौधरी को अध्यक्षतामा ११ जना समूह निर्माण भएको छ।

जस्मा संयोजक शान्ति चौधरी, सह संयोजक कमल नेपाली ,सदस्य नरेश खडका नक्षेत्र वि क ,रुकमिना न्यौपाने ,इस्वरा के सि, राधा मल्ल ,आसा रोका , कमला परिवार , सीता परिवार ,सान्ता रसाइली रहेका छन ।

सम्पुर्ण टिमलाइ शुभकामना दिदै प्रमुख अतिथि बुढा ले महिला हिम्सा र जातीय छुवाछूत मुक्त समाज निर्माणको निम्ति सधै आफ्नो साथ र सहयोग रहने समेत बताए ।

कार्यक्रममा बोल्दै दलित महिला संघ दाङको अध्यक्ष युवा करारा ले आउने दिनमा सबै मिलेर समाज परिबर्तन गर्न सकिन्छ र सभ्य समज निर्माण को निमित्त आफू पनि सधै साथ दिने बताउनुभयो ।