प्रथम “भि.आर.सि.सी. कप २०७४” हुने

हिमाल महरा
घोराही,भदौ,७-
हिन्दुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा प्रथम भि.आर.सि.सी. कप २०७४ हुने भएको छ ।

उक्त कार्यक्रम भि.आर.सी.सी.क्लबले आयोजना गर्न लागेको हो । कार्यक्रम यही असोज २० गतेबाट सुरुहुने कार्यक्रम अम्बीका मावीमा हर्नकमा सम्पन्न गरीने क्लबका अध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभएको छ ।

“स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद” भन्दै आयोजना हुन लागेको उक्त कार्यक्रममा सावीक पहाडी गावीसका खेलाडीले मात्र सहभागीता जनाउन पाउनेछन ।

कार्यक्रम सहभागीता जनाउनका लागी असोज १५ गतेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले बताएको छ । टिम दर्ता शुल्क ३५०० रुपैया लाग्नेछ समेत बताएको छ ।

उक्त कार्यक्रम विजेता र उपविजेताले नगद ,कप ,मेडल र प्रमाण पत्र पाउने छन । यस्तै खेल मार्फत पहाडी क्षेत्रमा खेलाडीले पनि अहिले अवसर पाउन लागेका छन ।