बाँकेको वैजापुरमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन

राम सुनाम/

बाँके,पौष,१५-

बाँकेको वैजापुरमा आज शनिबार निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरीएको छ । कुलआषिस फार्मेसीको आयोजना तथा देउराली जनता फर्मेसीटिकल प्रालीको सहकार्यमा शिविर सन्चालन गरीएको हो ।

सुगर र प्रेसर जाँच गरीएको शिविरमा १ सय ३० जना शेवाग्राहीले स्वास्थ्य सेवा लिएका हुन् । जाँच गराउनेहरुमध्ये ५० जनामा सुगर र ५० जनामा प्रेषरको समस्या देखीएको छ ।

शिविरमा भेरी अन्चल अस्पतालका फिजीसीएन डा. विपिन आचार्य र वालरोग विषशेज्ञ डा. कुलदिप गोहितले स्वास्थ्य जाँच गर्नुभएको थियो । शिविरमा निशुल्क औषधि समेत वितरण गरीएको हो ।