मेडिकल कलेजका सहायक निर्देशकद्वारा पदबाट राजिनामा

नेपालगन्ज,साउन,२६- 
मध्य तथा सूदुर पश्चिमाञ्चल क्षेत्रमा रहेको एक मात्र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा एसोसिएट प्रोफेसर पदमा रहेर छाला तथा यौन रोग विभागमा काम गरिरहनु भएका डा- कुमार पोखरेलले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले मेडिकल कलेजको नेपालगन्ज अस्पतालमा सहायक निर्देशक पदमा पनि काम गर्दै अाउनु भएको थियो । उहाँले भन्नुभयो अाफुले सहायक निर्देशक पदमा रहेर अस्पताल सुधारका लागि धेरै प्रयास गरेको तर उक्त सबै प्रयासहरु बालुवामा पानी मिसाए जस्तै भएको गुनासो पोख्नुभयो ।

अाजको युगमा अस्पताल जस्तो क्षेत्रलाई नयाँ प्रविधि,नयाँ सोच, नयाँ भिजन सहित अगाडि बढाउनु पर्ने अाफनो सोचाइ रहेको तर केही प्राविधिक समस्याका कारण अाफनो भनाई र गराईलाई अगाडि बढाउन नसकिने भएको हुदा उक्त पदमा बस्न उचित नठानी अाफुले चिकित्सक पेशाबाट होइन कि सहायक निर्देशक पदबाट मात्र राजिनामा दिएको डा- कुमार पोखरेलले जानकारी दिनुभयो ।