बिहानी एफसीका स्ट्राईकर बिनोद बिष्ट संगको अन्तर्वार्ता (जापान)

खेललाई हुने खानेले मात्र पेशा बनाउँछन्,बाँकिले खेलेर गुजारा चलाउछन्

फुकुओका,जापान,जेष्ठ,२८-

BIHANI FC FUKUOKA JAPAN

फुटबल खेल हाम्रो लागि नयाँ होइन। यसको इतिहास पनि आजको होइन। आजको विषयलाई म यसरी सुरुवात गर्न चाहान्छु । सन् १९२१ मा विदेश पढेर फर्किएका नेपाली विद्यार्थीले नेपालमा सर्वप्रथम फुटबल भित्र्याएका हुन्। यसलाई स्थापित गर्ने काम जनरल नरशमशेर राणाले गरे। यती जानकारी नदिने हो भने आजको फुटबल सम्बन्धीको विषय अधुरो हुनेछ । 

खेललाई हुने खानेले मात्र पेसा बनाउँछन् र बाँकीले खेल खेलेर गुजारा गर्न सक्दैनन् भन्ने परम्परा हामीमा अझै विद्यमान छ।डराइडराई लुकेर खेल्न जानुपर्ने र खेलेर घर फर्कँदा गाली खानुपर्ने नियति छ हाम्रो हुर्कंदै गरेका खेलाडीहरूको।

‘यसले खाली खेल्छ, खेलेर पढाइ खत्तम बनायो। अब यसको खेल बन्द गर्नुपर्छ,’  यो नसुनेर हुर्कने सायद कुनै खेलप्रेमी वा खेलाडी छैनन् होला। यस्तो निरुत्साहनका बीच हुर्किएको हाम्रो खेलजगत्‌ले कहिले पनि प्रगति गर्न सकेन।अब हामीले खेललाई हेर्ने दृष्टिकोण परिवर्तन ल्याउन अत्यावश्यक छ ।

एउटा व्यवसायिक फुटबल खेल्ने राष्ट्रका रूपमा नेपाललाई विकास गर्ने हो भने सबैभन्दा पहिले नेपालले फुटबलमा विकास गर्न नसक्नुका कारण र विद्यमान समस्याहरूको पहिचान आवश्यक छ ।नेपालमा समग्र फुटबलको विकास कसरी गर्न सकिएला आज मैले कर्णाली अन्चलले जन्माएको फुटबलर बिनोद बिष्ट संग केहि फुटबल सम्बन्धी समसामयीक कुराकानी गरेकोछु ।

अब प्रस्तुत छ, आजको अन्तर्वार्तामा गरिएको कुराकानी !

१. बिनोद जी तपाईलाई बिहानी अनलाईन डटकममा हार्दिक स्वागत छ ?

– धन्यवाद ! बिहानी अनलाईन मिडीया लगायत सम्पुर्ण बिहानी टिमलाई ।।

२. आराम हुनुहुन्छ ?

-हजुर,आरामै छु ।

३. कस्तो चल्दै छ, यहाँको जिन्दगानी ?

– एकदमै व्यस्त तरिकाले नै जिन्दगी जसोतसो चलिराको छ आजभोली भनम !

४. बिनोद जी आज हामीले तपाईसंग फुटबलको बारेमा समसामयीक केहि कुराकानी गर्न खोजेका छौं । तपाई आफैंमा पनी फुटबलर हुनुहुन्छ, यहाँलाई पहिलो प्रश्न तपाईको फुटबलको जिवनी कहाँ बाट कसरी सुरुवात भयो ?

-वास्तवमा भन्ने हो भने मेरो जन्म कर्णाली अन्चलको कालीकोट जिल्लामा भएको हो । दुर्गम जिल्लामा जन्मे हुँके पनी मेरो बाल्यकाल अली कष्टकर र फरक तरिकाले बित्यो । त्यतिबेलाको द्धन्दकालको समयमा मेरो बुवा राजनीतीक पार्टी निकट भएकोले हाम्रो घर तिन पटक सम्म प्रहरीद्धारा जलाईयो । फलस्वरुप डर त्रास मै मेरो बाल्यकाल जिवन बित्यो । म कालीकोट हुँदा मलाई यो फुटबलको बारेमा केहि पनि थाहा थिएन ।

जब हाम्रो परिवारले २०६५ सालमा बसाईसराई गरि सुर्खेत जिल्ला आयौं । त्यो बेला म ११ वर्षको भैईसकेको थिए, बिस्तारै फुटबलको बारेमा थाहा पाउदै गए, त्यो बेला फुटबलको ट्रेनिङ गर्ने क्लव नपाउदा हामी घरमै दुईभाई कपडाकै भकुण्डौ बनाई खेल्ने गर्थ्यौं ।

ती दिनका पलहरु अझै झलझल्ती याद आईरहन्छ । र पछि म आफ्नो पढाईलाई निरन्तरता दिन काठमाण्डौं आए र काठमाण्डौंमा रहदाँ स्कुलमा खेलाईने खेलहरुमा म खुबै खेल्थे, बिदाको समयमा सुर्खेत जाँदा त्यहाँहुने टुर्नामेण्टहरुमा पनी सहभागिता जनाउथे । सम्भव त मैले ११ वर्षको उमेर हुँदा सुर्खेत जिल्लाबाट फुटबल खेल्न शुरुवात गरेको हुँ ।

५. बाल्यकाल देखि नै फुटबलमा एकदमै रुची राख्नु हुँदोरहेछ, के कुराबाट फुटबलमा प्रेरित हुनुभयो ?

-आफुलाई फुटबलको बारेमा पटक्कै थाहा थिएन , तर साथीभाईहरु संगै दिनानुदिन खेलिरहदाँ साथीहरुले राम्रो खेलेको देख्दा उनीहरुको खेलबाटै प्रेरित भएर फुटबल खेल्न शुरुवात गरेको हुँ ।

६. यहाँनिर मैले अर्को कुरालाई यसैमा जोड्न चाँहे तपाईको पृष्ठभुमीलाई नियाल्दा तपाई अन्य खेलमा पनी उत्कृष्ट हुनुहुदो रहेछ,यस विषयमा पनी बताईदिनुहोस् न ?

-मेरो रुची फुटबल नै खेल्ने थियो, तर केहि समय आफ्नै कारण बिचमा फुटबललाई निरन्तरता दिन सकिन, मेरो ठुलो बुवा टेबल टेनिसको राष्ट्रिय खेलाडीमा हुनुहुन्थ्यो, मैले पनी टेनिस खेल्न शुरु गरे, कलेजको टुर्नामेण्टमा सेकेण्ड भए , त्यस पश्चात म खेलकै शिलशिलामा सातौं राष्ट्रिय खेलकुदको छनोटको लागि सुर्खेत गए, छनोटको चरणमा फुटबलमा सुर्खेत जिल्ला टिममा पर्न सफल भए ।

त्यहि बेला टेबल टेनिसमा प्रथम भए , दुर्भाग्यबस टेवल टेनिसको क्षेत्रिय छनोट दाङ र फुटबलको नेपालगंजमा परेकोले दुवै खेलमा सहभागिता जनाउन सकिएन, मलाई दुईवटा मध्य एउटा रोज्नु पर्ने, मेरो रुची फुटबल खेल्ने हुँदा हुँदै भएपनी मेरा प्रशिक्षकहरुले टेबल टेनिसमा फोकस गरेको हुनाले म टेबल टेनिस खेल्न गए, तर पछि मेरो एकदमै फुटबलमा रुची भएकोले टेबल टेनिस खेल्न छोडी फेरी फुटबलमा लागे ।

यसैक्रममा जब म एसएलसी पढ्दै थिए, त्यो बेला राष्ट्रपती रनिङ सिल्ड प्रतियोगितामा सहभागिता हुने अवसर पाएको थिए । त्यतिबेला म हाईजममा जिल्ला प्रथम भए र लमजममा दोस्रो भएको थिए । तर विडम्बना भविश्यका सपना धेरै ति सपना पुरा गर्न हरेक कुराको आवश्यक पर्दो रहेछ ।

हाम्रो परिवारको आर्थिक अवस्था कमजोरीका कारण मैले जिन्दगी गुजार्न भएपनी पढाई संगै काम पनि गर्नु पर्ने थियो । यसै शिलशिलामा मैले जागिरको दौरानमा भौतारिदै दुई महिना म्यादि प्रहरीमा बिताए, तर उद्देश्य फुटबललाई निरन्तरता दिनुथियो । यसै क्रममा मैले १८ वर्षको उमेरमा नेपाल आर्मीमा नाम निकाल्न सफल भए

७. तपाई सानै उमेरबाटै यती धेरै खेलहरुमा पोख्त हुनुहुँदो रहेछ, अवसर त धेरै पाउनु भएको थियो होला, तर के कारणले पछि परेको जस्तो लाग्छ ?

-यस विषयमा मलाई के लाग्छ भने मैले जती अवसर पाउनु पर्ने थियो, त्यो पक्कै पनी नपाएकै हो । मैले अघी पनि भने कतीपय आफ्नै बाध्यतावसका कारण बिभिन्न समय बिचबिचमा फुटबल खेल्न छोडेको थिए । त्यो सबै समय मै अवसर नपादा हो जस्तो लाग्छ । यी धेरै कुराहरुले गर्दा पनि नेपाल फुटबलको क्षेत्रमा पछि परेको जस्तो लाग्छ । अहिले पनी हेर्ने हो भने नेपाली फुटबलको क्षेत्रमा जो म जस्तै अती दुर्गम त के सुगमका फुटबल खेल्ने धेरै खेलाडीहरुले अवसर पाईरहेका छैन् ।

८. विकासोन्मुख हाम्रो देशमा अवसर धेरै मिल्नु पर्ने ठाँउमा अवसर नपाईनुमा के भन्नुहुन्छ तपाई ? 

– हो , हीम्रो देश अत्यन्तै सानो छ । यहाँको जनसंख्या अन्य देशको तुलनामा एकदमै कम हो । तर नेपालमा राम्रालाई भन्दा आफ्नालाई प्राथिमिकता दिने चलन भएर होला ।

९. “जस्तो बिनोद जी” नेपाली खेलकुद जगतमा नातावाद् एकदमै हावी भएको कुरा बारम्बार उठ्ने गरेको छ, उक्त बिषय सोचनीय रहेको आलोचना तथा चर्चाको बिषय बन्ने गरेको छ, यसमा तपाईको धारणा के छ ?

-एकदमै समय सान्दर्भीक प्रश्न गर्नुभयो, मैले अतबेला भनौला भनेर सोचिरहेको थिए, भन्न चाहेको कुरा निकाल्नु भयो त्यसको लागि धन्यवाद । म के भन्न चाहान्छु,भने नेपालमा बास्तवमै भन्ने हो, नेपालमा आफ्नो मान्छेलाई मात्र प्राथमिकता दिईन्छ ।त्यसैले गर्दा अहिले सम्म नेपाली खेलकुदको विकास हुन नसकेको हो जस्तो लाग्छ ।

जस्तो धेरै उदाहरण दिईरहनु पर्दैन् राष्ट्रका लागि खेलिने खेलमा म्याच फिक्सिङ हुन्छ, भने त्यो भन्दा ठुलो लाजमर्दो कुरा के हुन सक्छ । हुनत : पछिल्लो समय त्यसमा सामेल कार्बाहिमा पनी परिसके यस विषयलाई धेरै नखोतलौं, तर अझै पनी नेपाली खेलकुदमा नातावाद र कृपावादको चलन छ । त्यो एकदमै दु:खद् कुरा हो ।

जसले गर्दा धेरै राम्रा राम्रा खेलाडीहरु सबै कुरा त्यागेर खेलनै आफ्नो जिवनको लागि हो भनेर राष्ट्रका लागि केहि गर्छु भन्नेहरु अहिले अवसर नपाएर कोहि मजदुरीका लागि ईन्डिया पलायन भएका छन्, भने कतिपय ती खाडी मुलुकहरुका देशमा पसिना चुहाईरहेका छन् । अझै देशका कती दुर्गमका युवाहरुमा खेलेर देशको शिर उच्च पार्न सकिन्छ, भन्ने माहोल पुगिसकेका छैनन् । यो सबै खेलकुदमा भएको नातावाद र कृपावादको होडबाजीले गर्दा हो जस्तो लाग्छ ।

१०. अब सरकारले खेलकुद क्षेत्रमा विकासको लागि के गर्दिएको भए राम्रो हुने थियो, जस्तो लाग्छ ?

-हुनत : अहिले पछिल्लो समय नेपालमा पनी फुटबलको क्षेत्रमा विस्तारै माहोल बन्दै गएको छ । विभिन्न टुक्नामेण्टहरु महिनै पिच्छे भैईरहेका छन् । यसले नेपाली खेलाडी उत्पादनमा फाईदा त पुग्छनै तर यतीले मात्र भने हुदैन् । यसको लागि नेपाली खेलकुदको विकासको लागि पनी स्थाई सरकार हुन आवश्यक छ । यो खेलकुदको लागि मात्र होईन जोस्तो सुकै विकासको लगि पनी नेपालमा अहिलेको आवश्यकता हो, स्थाई सरकारको किनकि हाम्रो देश नेपाल धेरै राजनीतीले थिचोलीएको देश हो ।

हरेक क्षेत्रमा राजनीती छ, खेलकुदमा राजनीती, शिक्षामा राजनीती, विकासको कुरामा राजनीती यहाँहरु सबैलाई फेरी अवगत गराउन चाहान्छु,जाबो यो देशको लागि ति धुर्मस सुन्तलीले आफ्नै मेहनत र खाडीमुलुकमा पसिना बगाएका ति केहि व्यक्तीको सहयोगमा खेलकुद विकासको लागि एउटा रंगशाला बनाउछु भनेर लाग्दा देख्नु भएन त्यहाँ कसरी डोजर लगाईयो रंगशालाको बारमा, त्यो सरकारले हेर्नुपर्थ्यो कि पर्दैन् ।

त्यसैले अब सरकारले खेलकुदको क्षेत्रमा विकासको लागि हरेक क्षेत्रमा सुविधाजनक खेलकुद मैदान बनाउन जरुरी छ । खेलकुदको क्षेत्रमा नातावाद कृपावादको छानबिन गर्न पनि जरुरी छ र खेलकुकुद विकासका लागि केहि लगानी बढायो भने र खेलाडीलाई हुनुपर्ने प्रयाप्त कुरा भएको खण्डमा नेपाली खेलाडीहरुले पनी खेलकुदको क्षेत्रमा राम्रो गर्न सकिछन् जस्तो लाग्छ ।

११. यो त भयो नेपाली खेलकुदको क्षेत्रमा जहिले सुकै उठ्ने प्रश्नहरु ! तर बिनोद जी तपाई अध्ययन र खेलकुदको दौरानमा हुँदा राष्ट्रको सेवा गर्ने मौका पाउनु भएको रहेछ । तर किन गर्नुभएन ?

– हजुर म नेपाल आर्मीमा छनोट भएको थिए । तर आफ्नै बाध्यताले गर्दा मैले आर्मीको जागिर नगरेको तर अहिले आएर ठुलो भुल गरे जस्तो लाग्छ ।

१२. फुटबलमा राम्रो करियर बनाउन हिडेको मान्छे,के सोचेर एक्कासी जापान आईपुग्नुभयो ?

– पारिवारिक स्थितीले गर्दा नेपालमा आफ्नो उद्देश्य पुरा होला जस्तो लागेन् , त्यसपछि पढाई संगै आफ्नो पढाई पनि निरन्तरहोस् , थोरै कमाई संगै उद्देश्य प्राप्तीका लागि केहि सहज होस् भन्ने सोचेर विद्यार्थी भिषामा जापान आएको छु ।

१३. अहिले जापानमा हुनुहुन्छ, लक्ष्यपरक ठाँउमा बसेर फुटबलमा करियर बनाउछु जस्तो लाग्छ,त यहाँलाई ?

– अवश्य नै एउटा खेल प्रेमी भएर होला जस्तो सुकै परिस्थीतीमा नी खेल लाई सधैं आत्मासाथ गरेर हिड्छु । किनकि मैले भविष्यमा करियर फुटबलबाटै छ । यदि नभएको खण्डमा अन्य कुरा छदैछ ।

१४. जापान आएपछि पनी फुटबललाई निरन्तरता दिनुभएको छ ?

– हजुर ! मैले अघिना भनिसकेको छु म फुटबल बिना बाच्न नसक्ने भैसकेको छु । त्यसैले म जहाँ गएपनी फुटबललाई निरन्तरता दिईरहेको छु । किनकि मलाई नेपाली राष्ट्रिय फुटबल टिममा रहेर फुटबल खेल्ने ठुलो लक्ष्य छ ।

१५.जापानमा कुन क्लवबाट फुटबल खेल्दै हुनुहुन्छ ?

– म अहिले फुकुओका जापानमा रहेको बिहानी फुटबल क्लवमा आवद्ध छु ।

१६. के सम्भावना देख्नुहुन्छ,जापानमा फुटबल खेलेर “फुटबलमा” करियर बनाउन सकिन्छ ?

– म नेपाल भन्दा जापानमा फुटबल खेलेर करियर बनाउन सकिन्छ, जस्तो लाग्छ, किनकि यहाँ खेल्ने मैदान देखि लिएर खेलाडीलाई हुनुपर्ने कुरा सबै छ । फेरी त्यसमा पनी प्रायजसो जापान हेरक विश्वकपमा एशियाबाट सहभागी हुने एक राष्ट्र हो ।

त्यसैले जापानीज खेलाडीहरु संग पनी समय समयमा अभ्यास गरिरहेको हुन्छ, केहि सिक्ने अवसर मिलीरहेको छ , अर्को कुरा जापानको फुकुओकामा हरेक दुई महिनाको फरकमा ५ लाखको टुर्नामेण्टहरु हुन्छ । ती सबै टुर्नामेण्टमा जापान आएबाट सहभागी भैरहेको छु । यसले गर्दा आफ्नो ईस्टामिना बनाउन मलाई धेरै मेहेनत पुगिरहेको छ । जसले गर्दा मलाई लाग्छ नेपाल भन्दा जापानमा बसेर फुटबल खेलेर करियर बनाउन सकिन्छ ।

१७. तपाईले नेपालको राष्ट्रिय टिममा रहेर फुटबल खेल्ने ठुलो चाहाना बताईरहँदा,नेपाली राष्ट्रिय टिममा कती सम्म पुग्न सक्छु जस्तो लाग्छ ?

– त्यो त यती भनेर भन्न सकिन्न तर आफ्नो खेल लाई निरन्तरता दिईरहेको छु ।भाग्यले साथ कत्तीको दिन्छ । हेरम सायद छोटै समयमा नेपाली राष्ट्रिय टिममा पुग्न सक्छु भन्ने आश छ ।

१८. यहाँले बिहानी एफसीमा आबद्ध रहेर अहिले जापानीज खेलाडीसंग पनी अभ्यास गरिरहेको छु,”भन्नुभयो”तपाई त नेपालमा पनी थुप्रै खेलहरु खेलीसक्नु भएको छ । नेपालमा खेल्दा र जापानमा खेल्दा के फरक पाउनुभयो ?

-एकदमै दाई मैले धेरै नै फरक पाए । यता तिर खेलाडीले जुन तरिकाले ट्रेनीङ पाएको हुन्छ । त्यो नेपालमा छैन्, अर्को कुरा यहाँ एकदमै टेक्निक लगाएर मात्र गेम खेल्छ, त्यस्तो नेपालमा कम छ । यहाँको खेल्न मैदान देखि लिएर सबै कुरा फरक छ, एउटा आफ्नै स्टममा चलेको जसको फलस्वरुप जापान फुटबलमा धेरै अगाडी छ।

त्यसैले म आफैंलाई भाग्मानी ठान्छु, किनकि मैले यहाँ बढी बढी सिक्ने अवसर पाउदैछु । त्यसैले म अहिले जुन बिहानी फुटबल क्लवमा आबद्ध छु ।हाम्रो टिममा कुरा पनी भैरहेको छ कि यहि क्लव छिट्टै नेपालमा स्थापित गरेर जसरी यहाँ ट्रेनीङ दिईन्छ । त्यहि अनुरुप नेपालमा पनी दिने सोचिरहेका छौं सम्भव त छिट्टै गरिने सोचिरहेका छौं ।

१९. अब यहाँलाई अन्तीम प्रश्न ‘बिनोद जी’ अन्त्यमा समस्त खेलकुद पक्षलाई सकारात्मक विकाशको बोटोबाट उज्यालो तर्फ डोर्याउनका लागि के गर्नु पर्ला , के भन्न चाहानुहुन्छ ?

-हामीनेपालीको सोच के छ भने जव ओफ्नो कुनै क्षेत्रमा रुची देखाउछौं, नी त्यसमा त्यो विचार राम्रै राख्दा बाहिरी समाजले नानाथरी कुरा भन्न थाल्छ । नेपालमा पढाईलाई मात्र बढी फोकस गरिन्छ । त्यसैकारण संक्षिप्तमा के भन्न चाहान्छु,भने यदि तपाई कुनै कुरा गर्न चाहानु हुन्छ,भने त्यहि गर्नुहोस् तपाई त्यसमा सफल हुनुहुन्छ । दुनिँयाको कुरा नसुन्नुहोस् ! अहिले मलाई थ्याक्कै एउटा ट्रोलको याद आयो नेपाली के भन्छ, (is more batter then someone future)

२०. हुन्छ, बिनोद जी जापानको यती व्यस्त समयका बाबजुँद पनी आफ्नो व्यस्तताको समय मिलाई हामीलाई कुराकानी गर्ने समय दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ ।

– हस दुर्लभ दाई हजुरलाई पनी धन्यवाद ! मेरो मनमा लागेको कुरा तपाईको यो अनलाईन मिडीया मार्फत सबै सामु राख्ने अवसर दिनुभयो, एकदमै मलाई पनि खुशी लाग्यो , तपाई र तपाईको बिहानी अनलाई डटकम सम्पुर्ण टिमलाई विषेश धन्यवाद दिन चाहान्छु, एकदमै आभारी छु दाई यहाँप्रती फेरी पनी धन्यवाद ।।

खेलको भिडीयो हाईलाईट हेर्न दिएको लिंकमा क्लिक गर्नुहोला ।