नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारआज कांग्रेसमा प्रवेश गर्दै

काठमाण्डौ,असोज,२२-

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार आज आईतबार नेपाली कांग्रेसमा प्रवेश गर्नुहुवे भएको छ ।

पछिल्लो समय पार्टीभित्र वाम गठबन्धनमा सहभागी हुने कि लोकतान्त्रिक मोर्चामा सहभागी हुने भन्नेबारे व्यापक विवाद भैरहेको बेला अध्यक्ष गच्छदारले भने आज नै कांग्रेसमा पार्टीलाई विलय गराउने तयारी गरेको उनी निकट उच्च स्रोतले जानकारी दिएको छ ।

बिजय कुमार गच्छेदार

गच्छदारले स्थानीय तहको निर्वाचन सकिएलगत्तै कांग्रेसमा प्रवेश गर्ने तयारी गर्नु भएको थियो । तर, पार्टीभित्र नेता जितेन्द्र देवले अर्को समूहको नेतृत्व गरेको र उहाँले कुनैपनि हालतमा अहिले कांग्रेसमा जानु हुँदैन भन्ने अडान लिएकाले गच्छदारले कांग्रेस प्रवेशमा ढिलाई गर्नु भएको थियो ।

अहिले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच चुनावी तालमेल र बृहत्त वाम एकता गर्ने सहमति भएपछि कांग्रेसको नेतृत्वमा बृहत्त लोकतान्त्रिक मोर्चा बनाउनुपर्छ र अघि बढ्नुपर्ने भन्दै यसको लागि दिनरात मेहनतमा नेता गच्छदार समेत लागिपरेका छन् ।