काठमाडौं,जेठ,५-बास्केटबल महान खेलाडी माइकल जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता किर्तिमानी मूल्यमा विक्रि भएको छ।जोर्डनले सन् १९८५ मा लगाएको नाइक जुत्तामा उनको हस्ताक्षर पनि छ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उक्त जुत्ताको मूल्य अनुमान गरिएको भन्दा तेब्बर मूल्यमा विक्रि भएको हो।विश्वभरका दश जनाले उक्त जुत्तामा मूल्य लगाएका थिए। अन्तिममा ५ लाख ६० हजार डलरमा उक्त जुत्ता विक्रि भएको हो।
जोर्डनको पुरानो जुत्ता हालसम्मकै बढी मूल्यमा विक्रि भएको यो पहिलोपटक हो। यसअघि उनले लगाएको नाइककै मुन जुत्ता ४ लाख ३७ हजार ५ सयमा विक्रि भएको थियो। एजेन्सी