थप ३० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौं,जेठ ९-नेपालमा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।आज शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुषहरु छन् ।

त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय बालिका छिन् । 

त्यस्तै सर्लाही गोडेतै नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीय महिला रहेका छन् ।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।