सभा, गोष्ठी र भीडभाड हुने व्यवसाय नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं,चैत,८-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसायका कार्यहरु नगर्नका लागि अनुरोध गरेको छ ।

केही हप्तादेखि छिमेकी देश विशेषगरी भारतमा कोरोनाको संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती गतिविधिहरु नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले आफूहरुले निर्देशन दिन नसक्ने भएकाले सबैमा अनुरोधमात्र गरिएको बताउनुभयो ।मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्नसमेत सबैमा आग्रह गरेको छ ।

नेपालमा पनि पछिल्ला केही हप्तादेखि संक्रमित बढे पनि स्वास्थ्य मापदण्डको पालना भने विरलै हुने गरेको पाइएको छ ।

कोरोनाका संक्रमितहरु बढिरहँदासमेत सरकारबाटै स्वास्थ्य मापदण्डको ब्यापक उल्लंघन हुँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मन्त्रीहरुले हजारौंको संख्यामा भीड भेला गरेर सभा आयोजना गर्दै आउनु भएको छ ।

 

सभा, गोष्ठी र भीडभाड हुने व्यवसाय नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध