काठमाण्डौं,फागुन,८-सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा टेबल गरेको हो।
एमसीसी टेबल हुदाँ क-कसले गरे विरोध!!
कार्कीले सम्झौता टेबल गर्न प्रस्ताव गर्दा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका केही सांसदले उठेर विरोध गरेका थिए।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुर्सीमा बसिरहनुभयो, उहाँसंगै रहनु भएका कृष्णहादुर महराले उभिएर विरोध गर्नु भएको थियो। गिरिराजमणि पोखरेल र केही सांसदले पनि उठेर विरोध जनाउनु भएको थियो ।
एकीकृत समाजवादीका सांसदहरुको अवस्था पनि त्यस्तै रह्यो । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रोष्ट्रममै पुगेर नाराबाजी गरे भने केहीले उठेर विरोध गरेका थिए।
यसबैच नेकपा एमालेका सांसदहरुले भने प्रतिनिधिसभाको बैठक सुरु हुँदादेखि नै रोष्ट्रममा नाराबाजी गरेका थिए । पहिले रोष्ट्रममा नाराबाजी गर्न नगएका नेता भीम रावल सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गर्न रोष्ट्रममा पुगेपछि भने उठेर नाराबाजी गरेका थिए । नेमकिपाका प्रेम सुवाल, जनमोर्चाकी दुर्गा पौडेलले पनि विरोध गरे ।