काठमाडौं,जेठ,११-दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मत गर्नुभएको हो ।
यस्तै, उपमेयरमा एमालेकै स्यानी चौधरी विजयी हुनुभएको छ । उहाँले ३० हजार ५९७ मत प्राप्त गर्नुभएको छ।उहाँका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१ हजार ०६५ मत प्राप्त गर्नुभएको हो ।
गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको हो ।